eNepal

सुदुरपश्चिम समाज भिक्टोरियाले विबिध कार्यक्रम गर्दै मनायो नयाँ वर्ष र बिशु पर्व

यहि मे २ आइतबारका दिन सुदुरपश्चिम समाज भिक्टोरियाले नव वर्ष २०७८ तथा सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाइने बिशु पर्वको अवसरमा भेटघाट र एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।  सो कार्यक्रममा समाजका करिब १२० जनाको सहभागिता रहेको थियो।  कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य, गायन र मुक्तक प्रस्तुत गर्नुका साथै  सुदुरपश्चिममा प्रचलित देउडा खेल समेत प्रस्तुत गरिएको थियो। 

कार्यक्रमको संचालन तथा संयोजन समाजकी सदस्य दीपमाला अवस्थीले गर्नु भएको थियो भने सदस्य लक्ष्मन सन्ज्यालले समेत संचालनमा साथ् दिनु भएको थियो।  कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यका बारेमा समाजका सचिव डा. एकिन्द्र तिमिल्सेनाले प्रकाश पार्नु भएको थियो।  

युवा बर्गलाई पनि समाजका विभिन्न क्रियाकलापहरुमा सक्रिय सहभागी बनाउने र विभिन्न खेलकूद मार्फत व्यक्तिव विकास होस् भन्ने उद्देश्यले  समाजले भर्खर गठन गरेको Far Western  Hunters cricket Teamका सदस्यहरु तथा सो को गठनमा सक्रिय भूमिका निर्बाह गर्ने व्यक्तिहरु प्रेम राज उप्रेती, धिरेन्द्र कुँवर तथा सन्तोष पाण्डेलाई सम्मान गरिएको थियो।  त्यसै गरी समाजका विभिन्न गतिबिधिमा आर्थिक सहयोग गर्ने संस्थाहरु मल्टीडाइनामिक रिअल स्टेट, भी डी ए फाइनान्स तथा सनसाइन मोटर्सलाई पनि सम्मान गरिएको थियो।

हाल नेपालमा कोरोन भाइरस को त्राशदी भैरहेको र स्वास्थ्य संस्थामा विभिन्न उपचार सामग्रीको अभाव भएको कुरालाई मध्ये नजर गर्दै सो  कार्यक्रम मार्फत महाकाली अञ्चल अस्पतालको सहयोगार्थ चन्दा संकलन गरी सहयोग गर्ने समेत सुदुरपश्चिम समाजको योजना रहेको कुरा संस्थाका अध्यक्ष महादेव धानुकले जानकारी दिनु भयो। सो अभियानमा संस्थाका उपाध्यक्ष प्रेम राज उप्रेतीले महत्वपुर्ण भूमिका खेल्नु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal