eNepal

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) ले गऱ्यो दोश्रो मुखपत्र (Newsletter) सार्वजनिक

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) ले गएको आइतबार भिक्टोरिया स्थित नेपाली महा-बाणिज्यदुतावासको कार्यलयमा एक बिशेष कार्यक्रम बिच आफ्नो दोश्रो मुखपत्र सार्वजनिक गरेको छ। गैर आवासिय नेपाली संघका प्रमुख संरक्षक र अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) का संरक्षक समेत रहेका सामाजिक अगुवा तथा सफल व्यवसायी डा. शेष घले, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुत एबम् अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) का संरक्षक चन्द्र योञ्जन, संस्थाका भूतपूर्व अध्यक्ष रन्जन वैद्य, निवर्तमान अध्यक्ष तथा संरक्षक डा. चन्द्र दीपक पोखरेल र वर्तमान अध्यक्ष राजेश आचार्यले तथा अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) का संरक्षिका द्वय जमुना गुरुङ्ग र लक्ष्मी योञ्जन समेतले संयुक्त रुपमा सो मुखपत्र सार्वजनिक गर्नुभएको थियो।

हरेक तीन महिनामा सार्बजनिक गरिने मुखपत्रले अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्रका गतिबिधीहरु सदस्य एबम् समुदाय समक्ष पुऱ्याउन पुलको काम गर्ने बिश्वास लिईएको छ ।

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC)को मिडिया तथा ब्रण्डिङ्ग उप-समितिको संयोजनमा हरेक तिन तिन महिनामा सो मुखपत्र प्रकाशन गर्न लागिएको हो । 

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्रले गत फ्रेब्रुवरि ८ तारिखका दिन सँस्थाकी उपाध्यक्ष नीरु त्रिपाठीको संयोजकत्वमा छ सदस्यीय टिम बनाएको थियो जसमा शुशिल चालिसे, मनोज पौडेल, सिमरन जोशी, मनु धमला र पूजा गुरुङ्ग रहेका छन् ।

सोही दिन संस्थाका वर्तमान कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरुको बिच बसेको बैठकमा अनुदान समिति, प्रविधि समिति, प्रचार-प्रसार समिति, प्लानिङ्ग पर्मिट समिति लगायत सम्पूर्ण समितिले आआफ्नो कार्य विवरण प्रस्तुत गरेका थिए। उपस्थित संरक्षक तथा सल्लाहकारहरुले नयाँ कार्यसमितिको प्रगति विवरण प्रशंसनीय रहेको भन्दै धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो।उहाँहरुले संस्थाको कामलाई थप प्रभावकारी बनाउनका लागि सल्लाह-सुझाव समेत दिनुभएको थियो।

नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको यस अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्न को उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपनी बराबर) जग्गा खरिद गरि थप प्रक्रिया अगाडी बढाइ सकेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal