eNepal

न्याभ गोल्फ कप हुँदै, सहभागी हुने अन्तिम मिती आज

नेप्लिज एसोसिएसन अफ भिक्टोरीया न्याभले बिगत दश बर्षदेखी आयोजना गर्दै आएको गोल्फ कप यो बर्ष बिशेष उत्सवको रुपमा मनाउने भएको छ। फ्री वे गल्फ बालविन नर्थ भिक्टोरीयामा यहि शनिबार १८ अप्रीलका दिन हुने गोल्फ कपमा सबै ईच्छुक गोल्फ प्रेमीलाई सहभागीको लागि न्याभले बिषेश अनुरोध समेत गरेको छ।

सन् २०११ को नयाँ बर्षको शुअबसर पारेर गोल्फ, ब्याडमिन्टन, भलिबल, बास्केटबल, टेबल टेनिस, क्रिकेट र सकरमा कम्युनिटी स्पोर्ट्स कार्निभलको रूपमा शुरु भएको थियो। भिक्टोरीयन गोल्फिंग सोसाइटीमा हाल ४० भन्दा बढी सदस्य छन् भने ३० सदस्यहरू सक्रिय रूपमा भिक्टोरियामा गोल्फ खेलिरहेका छन्। सबै खेलाडीहरू अष्ट्रेलियाका नागरिक र सफल व्यापार उद्यमीहरू, युवाहरू र समुदायका लिडरहरु रहेका छन्।

जीवनलाई सुखी, स्वस्थ र सक्रिय बनाउन गोल्फ खेलले प्रमुख भुमीका खेल्छ र यसलाई हामीले बिगत १० बर्ष देखी निरन्तरता दिदै आएका छौ। आगामी बर्ष क्यान्बेरामा आयोजना हुने ओसेनीया स्पोर्टसमा सहभागीता जनाउने न्याभ गोल्फ कपका संस्थापक पुर्व न्याभका अध्यक्ष एवम् न्याभका एडभाइजर बम योन्जनले बताउनु भएको छ। 

खेलमा सहभागीता जनाउन चाहानेको लागि प्रवेश शुल्क  $७० राखिएको छ र यसको लागि आज यानिकी १५ अप्रील सम्मको मिती तोकीएको छ। गोल्फ खेल्न ईच्छुक महानुभावहरुले बम योन्जनको वेस्ट प्याक बैकको खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ। साथै रिफरेन्समा आफ्नो नाम र NAV Gulf 2021 राख्नु पर्नेछ।

Bom Yonjan

BSB: 733059

AC: 624430

Westpac Bank

ग्रेस ईन्टर्नेश्नल एजुकेसन एण्ड माइग्रेसन प्रायोजक रहेको यस बर्षको ग्रेस न्याभ गोल्फ कप न्याभको एक सिग्नेचर कार्यक्रम अन्तर्गत पर्छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal