eNepal

सन्तोष बस्ताकोटी क्रिकेट भिक्टोरियाको ‘A sport for all Award’ बाट सम्मानित

भिक्टोरीया राज्यमा सम्भवतः व्यवसायिक रुपमा क्रिकेट अम्पाएरीङ गर्ने पहिलो नेपाली सन्तोष बस्ताकोटी क्रिकेट भिक्टोरिया द्वारा प्रदान गरिने सामुदायिक क्रिकेटको ‘A sport for all Award’ को म्याच अफिसियल अफ द इएर २०/२१ बाट सम्मानित भएका छन्।

आज मेल्बर्नको सिटी पावोर सेन्टर, सेन्ट किल्डामा आयोजित एक बिशेष कार्यक्रमका बिच क्रिकेट भिक्टोरियाका अध्यक्ष डेभिड मैडक्सबाट अवार्ड ग्रहण गरेका हुन्।

भिक्टोरीया राज्यको नेपाली समुदाएबाट यो अवार्ड पाउने सम्भवत: बस्ताकोटी पहिलो नेपाली हुन्। ग्रासरूट स्तरमा खेल खेल्न मद्दत पुर्‍याउन अग्रणी भूमिका खेल्ने र उनीहरूको कडा मेहनतको लागि धन्यवाद दिन हरेक बर्ष यो अवार्ड प्रदान गरिन्छ।

फाइनलिस्टका रूपमा चयन भएका सन्तोष बस्ताकोटी लामो समयदेखी सामुदायिक क्रिकेटमा आबद्द भएर अम्पाएरको रुपमा काम गर्दै आएका छन् 

उनले नर्दन मेट्रो क्रिकेट एसोसिएसन लगाएत नेपाली, भारतीय, पाकिस्तानी र श्रीलङ्कन सामुदायीक लिगहरुमा अम्पाएरको रुपमा आफ्नो कार्य कौशल्ता देखाई सकेका छन्।

नेप्लिज एसोसियसन अफ भिक्टोरीयाका पूर्व उपाध्यक्ष भएर सफलता पूर्वक आफ्नो कार्यकाल सकेका सन्तोष बिधार्थीका रुपमा अस्ट्रेलीया भित्रीएका थिए।सानै उमेर देखि क्रिकेट खेलप्रतीको लगावकै कारण अस्ट्रेलीयामा पनि खेललाई निरन्तता दिन उनी साथीभाईसँग फुर्सद भयो कि क्रिकेट खेल्न तम्सी हाल्थे। यसै क्रममा साथीभाई मिलेर द हिमालयन क्लवको दर्ता गर्दै त्यहाँबाटनै प्रतिस्पर्धात्मक क्रिकेटको यात्रा शुरु गरेका थिए।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal