eNepal

यात्री हाउस अफ ईभेन्ट्सको नयाँ बर्ष रमाइलो साँझमा मस्त झुमे युवा

साङ्गीतिक कार्यक्रमका अलावा कर्पोरेट कार्यक्रम, सामाजिक कार्यक्रम, खेलकुदका कार्यक्रम लगाएत बहुसाँस्कृतिक कार्यक्रमहरू लाई समेट्ने गरि मेल्बर्नमा पछिल्लो समय उदाएको यात्री हाउस अफ इभेन्ट्सको पहिलो कार्यक्रम नयाँ बर्ष २०७८ रमाइलो साँझ सम्पन्न भएको छ। हिजो साँझ रुबिक्स वेर हाउस मेल्बर्न, ब्राउन्स्विकमा सम्पन्न रमाइलो साँझमा युवा पुस्ताको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा स्थानिय सम्सरा व्याण्ड, मेक मनी रेकर्डस लगाएत स्थानिय कलाकारहरु आयुमी कोम्जा, प्रवीण योण्जनले गीत प्रस्तुत गरेका थिए भने डिजे ज्याकले माहौललाई झन् रमाइलो बनाएका थिए। 

नेपाली नयाँ बर्ष २०७८ को पूर्व सन्ध्यामा आयोजना गरिएको सो शुभकामना साँझमा नयाँ बर्षको शुभकामना साटासाट गर्दै युवा पुस्ता गीतसङ्गीत र नृत्यमा मस्त झुमेका थिए।

यात्री हाउस अफ ईभेन्ट्सले आगामी १२ जूनमा कर्पोरेट फुटसलको आयोजना गर्दैछ।फुट्सल कप ईन्डोर स्पोर्ट्स एरेना, कोलारुमा हुनेछ। त्यस्तै जुलाईमा मस्क्युरेड पाटी आयोजना गर्ने यात्री हाउस अफ ईभेन्ट्सका डाइरेक्टर प्रकाश काजी थापाले जानकारी गराउनेु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal