eNepal

एक्सपर्ट इन्टरस्टेट ट्राई सिरीजको उपाधी तास्मानियाको पोल्टामा

भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद समितीको सहसंयोजनमा मेलवर्न राज्यको जिलोङमा सन्चालित एक्सर्पट इन्टर्स्टेट ट्राई सिरीज क्रिकेट प्रतियोगिताको उपाधि तास्मानियाले हात पारेको छ। अस्ट्रेलियाका तिन राज्यहरु भिक्टोरिया , तास्मानिया र न्युसाउथवेल्सको सहभागिता रहेको यस प्रतियोगिता गत शनिबार र आईतबार 73 Central Blvd Armstrong Creek 3217 भएको थियो।

लिग कम नकआउटका आधारमा सम्पन्न २० ओभरको खेलमा तास्मानियाले न्यु साउथवेल्स र भिक्टोरियालाई हराउदै फाइनलको यात्रा तय गरेको थियो भने न्यु साउथवेल्सलाई हराउदै भिक्टोरियाले फाइनलको यात्रा तय गरेको थियो ।

फाइनल खेलमा पहिलो ब्याटिङगर्दै तास्मानियाले निर्धारित २० ओभरमा ५ खेलाडी गुमाउदै एक सय ६० रनको बिशाल लक्ष्य खडा गरेको थियो भने प्रतिउत्तरमा भिक्टोरिया भने १७.४ ओभरमा ६ खेलाडी गुमाउदै एक सय १५ रनको स्थीतीमा रहँदा बर्षाले खेल बिथोलेपछि तास्मानिया डक वर्थ लुइसका आधारमा सहजै विजयी भएको थियो ।

पहिलो ब्याटिङ गरेको तास्मानियाका युवा व्याट्सम्यान गोबिन्द कार्कीले ५१ रन जोडे भने सागरले ४१ रन, सन्दिपले २२ रन बनाए । भिक्टोरियाका तर्फबाट बलर उत्सव पोखरेलले तिन विकेट र सन्जोग दाहालले २ विकेट लिएका थिए । त्यस्तै भिक्टोरियाका ब्याट्सम्यान सन्दिप यादवले ३६ रन, राज कुमार गुरुङले २२ रन, धिरज दासले १५ रन बनाए । तास्मानियाका बलरद्वय अमृत भट्टराइ र सन्दिपले दुई दुई विकेट लिएका थिए ।

म्यान अफ दी म्याच र म्यान अफ दी सीरिज तास्मानियाका गोबिन्द कार्की घोषित भए भने  उत्कृष्ट ब्याट्सम्यान भिएनसिएका विकेस श्रेष्ठ, बेष्ट बलरको उपाधि तास्मानियाका सुरज थापा घोषित भए । उनले दुइ खेलमा ६ विकेट लिएका थिए । वेष्ट किपरमा तास्मानियाका किरण पाण्डे छानिए।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल, एनआरएन आइसीसी सदस्य दुर्गा आचार्य , जन सम्पर्क समितीका अध्यक्ष बिनित शर्मा , बिनोद लामा , प्रकाश थापा ,एनआरएन खेलुकद बिभागका सह संयोजक यशवन्त सुबेदी,भिक्टोरिया क्रिकेट संघका अध्यक्ष सुजित बस्नेत , जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष निरज कारंजित, ग्रेटर जिलोङ नेपाली समाजका अध्यक्ष सन्तोष पाण्डेले खेलाडीहरुलाई  नगद पुरस्कार तथा पदक र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै एनआरएनएका महासचिब डा. ज्ञानेन्द्र रेग्मीले उपाधी विजेतालाई आफ्नो ब्यक्तीगत तर्फवाट पाँच सय डलर पुरस्कार घोषणा गर्दै आयोजकलाई नगद हस्तान्तरण गरेका थिए। महासचिब रेग्मीले मुलुकको प्रतिष्ठा अभिबृद्धी गर्ने महत्वपुर्ण माध्यमका रुपमा रहेका खेलकुद र खेलाडीलाई सम्मान गर्नु एनआरएनको दायित्व भएको जिकिर गरे ।

एनआरएनए अस्ट्रेलीयाका अध्यक्ष केशव कडेंलले जित र हार भन्दापनि आपसी भाइचारा र अनुशासीत बनाउन खेलकुदले महत्वपुर्ण योगदान गरेको बताउनु भयो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal