eNepal

नेपाली नयाँ बर्षलाई स्वागत गर्दै होवार्टमा बार्बेक्यु कार्यक्रम आयोजना हुँदै

ग्लोबल मार्क एजुकेसन एण्ड भिषाले नेपाली नयाँ बर्ष २०७८ को अवसर पारेर यहि १७ अप्रील शनिवारको दिन बार्बेक्यु कार्यक्रम आयोजन गर्ने भएको छ।  होबार्टको बेन्जाफिल्ड पार्क, मोनाह (7 Gormanston Rd, Monnah, Tas 7009) मा हुने बिर्बेक्यु कार्यक्रममा सहभागी हुन सबै होबार्टबासी नेपालीहरुलाई आयोजक ग्लोबल मार्क एजुकेसन एण्ड भिषाका निर्देशक अरुण चित्रकारले निमन्त्रणा दिनु भएको छ।

पछिल्ला बर्षहरुमा होबार्टमा नेपाली समुदाएको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ भने बिभीन्न साँस्कृतिक लगाएत खेलकद र अन्य कार्यक्रमहरु पनि बाक्लै रुपमा हुन थालेका छन्। बिभीन्न मनसायका साथ होबार्टलाई कर्मथलो बनाएर आउनु भएका नेपालीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने र नेपाली नयाँ बर्षको शुभकामना आदनप्रदान गर्दै रमाइलो गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो।

यस्ता कार्यक्रमले प्रवासमा रहेर आफ्नो लक्ष्यमा हिड्दै गर्दा कँहीकतै एक्लोपन महसुस भएमा नयाँ साथीभाई बनाउन र मनका बोज हलुका पार्न थप मद्दत पुर्याउने गर्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal