अस्ट्रेलीयाको भिक्टोरीया राज्यको मेल्बर्नमा बसोवास गर्दै आउनु भएका उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठको परिवारले बेन्डिगोमा नेपाली शैलीको गणेश मन्दिर स्थापना गर्नुभएको छ। श्रेष्ठ दम्पतीले ब्रेन क्यान्सरका कारण युवा अवस्थामै गुमाउन पुगेकी ब्रिष्टि श्रेष्ठको सम्झनामा मन्दिर स्थापना गर्नु भएको हो।

नेपाली शैलीको नवनिर्मित मन्दिरले बढ्दो हिन्दू समुदायलाई पूजा गर्ने ठाउँ प्रदान गर्ने मात्र नभएर छोरीको प्रेमको प्रतीकको रूपमा रहने छ।
तिन बर्ष अगाडीनै मन्दिर निर्माणको सोच भइ प्लानिङ पर्मिट प्राप्त भएपनि बिल्डिङ परमिटको लागि एक बर्ष लागेको बताउँदै उमेश श्रेष्ठले काउन्सीलबाट सबै पर्मिट पाएर निर्माणको लागि तयारी अबस्थामा रहेको बेला कोभीड १९ पछिको लकडाउनले गरिदा मन्दिर निर्माण रोकीन पुगेको जानकारी गराउनु भयो। तर त्यहि समयलाई सदुपयोग गर्दै साथीभाई अनि समुदाएसँग छलफल गरेर यसलाई थप कसरी राम्रो ब्यबस्थापन गर्न सकिन्छ भनेर सरसल्लाह लिए पछि साथी भाई र परिवारको सहयोगमा गएको २७ नोभेम्बरबाट फाउण्डेसनको कार्य शुरु भएको थियो।

१५ जना भोलिएनटर र मल्टिकल्चरल साथीभाईहरुले अनबरत रुपमा बिहान ८ देखी ४ बजे सम्म हरेक दिन निर्माणको कार्य भएको थियो।उहाँले भन्नु भयो मात्र एक दिन एउटा शनिवार त्यो पनि पानी परेको कारण निर्माण कार्य रोकिन पुग्यो। सबै दिन साथीभाईहरु आएर सहयोग गरिदिनु भयो। उहाँहरु प्रती निकैनै आभारी छु।
छोरीको अस्तु राखेको पछाडी पट्टीको स्थलमानै गणेश मन्दिर निर्माण गरीएको छ जुन बहुसाँस्कृतीक समुदाएको सिख, एबोरजिनल लगाएत अन्य समुदाएलाई झल्काउने पिस पार्कको रुपमा परिचित छ।
हिजो एक बिशेष कार्यक्रमको आयोजना गर्दै मङ्क, क्याथोलीक फादर, इमाम मुस्लिम, हिन्दु सँस्कृती अनुसार प्राथना गरेर मन्दिरको बिधीवत उध्घाटन गरिएको थियो।
मन्दिर निर्माणको लागि तिनसय किलोको सामान नेपालबाट निर्यात गरिएको छ।मन्दिरको टुँडाल, मुर्ती, सिङ्ह नेपालबाट ल्याइएको र सिड्नीबाट एक सहयोगी मनले मण्डला र पानस दान गरेको श्रेष्ठले जानकारी गराउनु भयो।

टेलिफोनमा कुरा गर्दै श्रेष्ठले आफुले केवल व्यबस्थापन मात्र गरेको र मन्दिर निर्माणको श्रेय सबै स्वयंसेवकलाई जाने बताउनु भयो।मन्दिरको उध्घाटन समारोहमानै उहाँले मन्दिरको दोश्रो सँस्करणको घोषणा गर्नु भएको छ। दोश्रो चरणमा तिनवटा ढुङ्गे धारा बनाउने र यसको लागि समुदाए स्तरमै बृहत्तर फण्ड रेजको कार्यक्रम गरेर यसलाई भिक्टोरीयामा नेपाल चिनाउने अभियानको रुपको अगाडी बढाउने बताउनु भयो।

