eNepal

ग्रेटर जिलोङ नेपाली समुदायले अफ्रीकन र अस्ट्रेलीयन समुदायसँगै मिलेर मनायो यो बर्षको होली

ग्रेटर जिलोङ क्षेत्र लगाएत बारवोन दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायहरुको साझा सँस्था ग्रेटर जिलोङ नेपाली समुदायले “विविधता मा एकता” भन्ने मुल नाराको साथमा होली पर्व धुमधामसँग मनाएको छ। 

बारवोन उपत्यका फन पार्क बेलमन्ट ग्रेटर जिलोंगमा आयोजना गरिएको होली महत्सवमा सँस्थाका सदस्यहरु लगाएत बृहत समुदाएको उपस्थिती रहेको थियो। कोभीड १९ प्रतिबन्धका नियमहरुलाई पालना गर्दै  एकअर्कामा परिचय र स्वागत गरिएको थियो।

GGNEC Registered Members Group Photo

जीजीएनईसीका संस्थापक अध्यक्ष डा.सन्तोष पाण्डेले बिहान ११:०० बजे जमिनका परम्परागत मालिक, कुलिन राष्ट्रका वद्दावरुङगका जनताको सम्मान गर्दै सबै सहभागीहरुलाई स्वागत गरेर कार्यक्रमको शुरुवात गर्नु भएको थियो। डा.पाण्डेले कार्यकारी टोली र संस्थापक सदस्यहरू सहित जीतेन गुरुङ(संस्थापक उपाध्यक्ष), कुंदन जोशी (संस्थापक सचिव), श्रीमती उपासना अमात्य (संस्थापक कोषाध्यक्ष), संस्थापक कार्यकारी सदस्यहरू श्रीमती निनू पून मगर, श्रीमती रेणु लम्साल कोइराला र श्रीमती कविता ज्ञवालीको परिचय गराउनु भयो।साथै जीजीएनईसीका कार्यकारी सल्लाहकार डा. बिदुर काफ्ले र डा.अशिम श्रेष्ठलाई पनि उनीहरूका परिवारका सदस्यहरूसँग परिचय गराइएको थियो।

With Advisor Dr. Bidur Kafle

डा. पाण्डेले भने गत वर्ष यो उत्सव कोभीड १९ महामारीले गर्दा मनाउन असम्भव भयो।उनले महामारीले नेपाली समुदायको स्वास्थ्य र भलाईमा ठूलो अवरोध आएको कुरा स्वीकार्य छ। यस वर्ष कोभीड प्रतीबन्ध नियमले यस चाडलाई केही प्रभाव पारे पनि केही सहज प्रतिबन्धका कारण मानिसहरूले अस्ट्रेलिया सरकारले लागू गरेको उचित कोभीड सुरक्षा उपायहरू अप्नाउँदै होली उत्सवको आनन्द लिन सके। अहिलेको बिषम् परिस्थितीमा थोरै भए पनि यो उत्सवले  एक्लोपना, चिन्ता र तनाव कम गर्न नेपाली समुदायलाई सहयोग पुर्‍यायो।

VMC SW Region Advisor Mr Gyanendra Upreti with Hon. Ms Christine Couzens MP for Geelong and GGNEC Founding President

सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिलोङका लागि सांसदले श्रीमती क्रिस्टिन कुजन्सले जमिनका परम्परागत मालिकहरूलाई सम्झिदै यस्तो अविश्वसनीय महोत्सवमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै जीजीएनईसीले आमन्त्रित गरेकोमा धन्यवाद दिएकी थिइन्। 

GGNEC Founding President Dr Santosh Pandey with Hon. Ms Christine Couzens MP for Geelong

बारवोन दक्षिण पश्चिम क्षेत्रका लागि भिएमसी क्षेत्रीय सल्लाहकार एवम् सामाजिक कार्यकर्ता ज्ञानेन्द्र उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिदै भविष्यमा यस्ता किसिमका कार्यक्रमहरू जारी राख्न, नेपाली संस्कृतिलाई मनाउन, नेपाली परम्परालाई  संरक्षण गर्दै भावी पुस्ता माँझ चिनाउदै लैजाने र बहुसांस्कृतिक समुदायमा सामाजिक एकतालाई सुदृढ पार्न सुझाव दिए।

सहभागी सबैले एकअर्का बिच रंग लगाउने, छ्याप्ने गरेर रमाइलो गरेका थिए। नेपाली स्वामित्वको, एक्सप्रेस ताज क्याफेले स्वादिष्ट खानाको आयोजना गरेको थियो।अष्ट्रेलिया र अफ्रिकी समुदायका सदस्यहरू पनि नेपाली होली चाडमा सामेल थिए।

GGNEC Founding members with an African family

सबै सहभागीहरूले होली गीतहरू गाएर र नाचेर उत्सवहरूको आनन्द उठाए। नेपाली संस्कृतिको अद्भुत होली उत्सवको समापन डा.पाण्डे र अन्य जीजीएनईसी कार्यकारी टोलीका सदस्यहरूबाट आशीर्वाद र शुभकामना लिएर सम्पन्न भएको थियो।

GGNEC Founding members with Australian Friends

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal