eNepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा चारदिने रक्तदान कार्यक्रम सम्पन्न

अष्ट्रेलियाको मेल्बोर्नमा अबस्थित रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ । चार दिनसम्म संचालन भएको उक्त कार्यक्रम मार्च ०६ तारीखका दिन लाइफब्लड वेरिबी डोनर सेन्टर र मार्च २६, २७, २८ तारीखका दिन लाइफब्लड एअरपोर्ट वेस्ट डोनर सेन्टरमा गरी जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा सहभागी मध्ये १६ जनाले रक्तदान, २६ जनाले प्लाज्मा तथा १ जनाले प्लेटलेट दान गरेका थिए भने ७ जनाले विभिन्न कारणबश आगामी दिनमा पुन बुकिङ गरेको आयोजकले जानकारी गराएका थिए । जम्मा ५० जना सहभागी मध्ये २८ जनाले पहिलो पटक रक्तदान गरेका थिए भने डा. सन्देश पन्थले अष्ट्रेलियामा ४७ पटक र नेपाल, बङ्लादेशमा गरी जम्मा ११७ पटक रक्तदान गरिसकेका छन ।

रोयल वेस्टर्न्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी सम्पुर्ण रक्तदाताहरुले क्लबको यस कार्यक्रममा सहभागी हुन पाउँदा आफुहरु निकै उत्साहित भएको र आगामी दिनहरूमा रक्तदानमा निरन्तर लागि पर्ने बताएका थिए ।

अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर एली गिल्सले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लबले खेलकुदका साथसाथै आयोजना गरेको रक्तदान कार्यक्रमको मुक्त कण्ठले प्रँशसा गर्दै सम्पूर्ण सहभागी रक्तदाताहरु लगाएत सहयोगी संस्थाहरु प्रति आभार प्रकट गरेकी थिइन ।

रक्तदान कार्यक्रम सफल रुपमा संचालन गर्न मेल्बोर्नका विभिन्न नेपाली संघ संस्थाहरु एनआरएनए भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, मेल्बोर्न नेपालीज कम्युनीटि वेस्ट, न्याभ बाल चौतारी वेस्ट, गुल्मी समाज भिक्टोरिया, लुम्बिनी कपिलवस्तु  डे मुभमेन्ट, एक्स्पर्ट एजुकेसन भिसा सर्भिसेस, हङ्री आइज रेस्टुरेन्ट लगाएत एसडिएस मेल्बोर्नले सक्रिय रुपमा सहयोग गरेका थिए ।

क्लबका सचिव तथा रक्तदान कार्यक्रमका सम्योजक सुशील चालिसेले रक्तदान कार्यक्रम सफल रूपमा संम्पन्न गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए । धेरैजनाले आगामी कार्यक्रमका लागि बुकिङ गरिसकेको र व्यापक रुपमा इन्क्वाइरी पनि आइरहेको बताउदै सफलता पुर्बक सम्पन्न गर्न साथ दिनुहुने सम्पुर्ण संघ संस्था र सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष बम योन्जनले सहभागी सम्पूर्ण रक्तदाता तथा वेरेबी लगाएत एअरपोर्ट वेस्ट लाइफ ब्लड डोनर सेन्टरलाई ब्यबस्थित रूपमा संचालल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए र आगामी दिनहरूमा रक्तदान कार्यक्रम क्लबको सिग्नेचर प्रोग्राम रहने बताएका थिए । 

रक्दान गर्नुहुने रक्तदाताहरुको नामावली: रोशन दाहाल, रबिन खाँड ठकुरी, राजु श्रेष्ठ, शंकर थापा, गान्धी प्रशाद भट्टराई, सुबास पाण्डे, मधु अधिकारी, शसेन्द्र गौतम केसी, भावना भट्ट, नरेश रावल, बर्षा भण्डारी, भुपेन्द्र भण्डारी, प्रबीण चालिसे, रामकुमार श्रेष्ठ, रमेश कसपाल, डा. सन्देश पन्थ, प्रज्ञा गर्तौला पन्थ, पुरन श्रेष्ठ, कुलराज सापकोटा, रितु चित्रकार, दिपेन्द्र खड्का, रामबाबु अधिकारी, मिलन ज्ञवाली, रामकृष्ण श्रेष्ठ, मोहन बिक्रम हमाल, सायद श्रेष्ठ, रचना श्रेष्ठ, दुर्गा महर्जन, सुरज श्रेष्ठ, यज्ञ जोशी, मनोज भट्टराई, गुरु दत्त भुसाल, आनन्द घिमिरे, मधुकर श्रेष्ठ, रोशनी श्रेष्ठ, जितेन्द्र अधिकारी, माधब सुवेदी, सुदिप न्यौपाने, राजेश जैसवाल, बिराज कुँवर, नगेन्द्र बोहरा, प्रकाश भट्टराई, सुरेश शर्मा

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal