भिक्टोरियाका नेपालीहरु माँझ पुरोहित पेशाले लोकप्रीय नारायण प्रसाद ज्ञवाली अब कमन्वेल्थ – म्यारीज सेलेब्रेन्सीमा दर्ता हुनुभएको छ।झन्डै एक दशक देखी पुरोहित पेशामा आबद्ध उहाँले नारायण पुरोहित सेवा नामको कम्पनी दर्ता गरेर सेवा दिदै आउनु भएको छ।
हिन्दु परम्परा अनुसार बिबाह गरे पनी अस्ट्रेलियाको कानुन अनुसार बिबाह गर्ने जोडीले बिधीबत रूपमा दर्ता गर्नुपर्दछ।अहिले सम्म कुनै पनी नेपाली भाषी भिक्टोरियामा यो पेशामा नहुँदा अनेक समस्याहरू भोग्नु परेको थियो।अब हिन्दु परम्परा अनुसार विवाहा र दर्ता प्रक्रिया एकै ठाउँबाट हुने हुँदा सबै नेपालीलाई सहज हुने देखिन्छ।
सिभिल ईन्जिनीयरमा लाट्रोब यूनीभर्सिटीबाट स्नातक डिग्री (bachelors honors) गर्नुभएका पुरोहित नारायण प्रसाद ज्ञवालीले यसै बर्ष मात्र Marriage Celebrancy पढाई सक्नु भएको थियो।
सामाजिक कार्यहरूमा सक्रिय उहाँले प्रत्येक बर्ष निशुल्क दशैं जमरा बितरण, मेल्बर्न नेपाली समाज पश्चिमले आयोजना गरेको सामुहिक जमरा कार्यक्रममा नित्य पूजा अर्चना, बाल संसार ग्लेनरोयले आयोजना गरेको लाख बत्ती कार्यक्रम, नेप्लिज नेइबरहुड समाजले आयोजना गरेको शिबरात्री पूजा जस्ता कार्यहरू पुरोहितको रूपमा कार्य सम्पन्न गर्नुभएको छ।
उहाँलाई 0451070296 (०४५१०७०२९६) वा फेसबुक Narayan Prasad Gyawali अथबा तलको लिङ्कबाट सम्पर्क गर्न सकिन्छ

