याभकप सकिएको केही हप्ता मात्रै हुँदै गर्दा मेल्वर्नमा फेरी क्रिकेटको माहौल शुरु हुने भएको छ।भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसीएसनको आयोजनामा यहि मार्चको २७ र २८ मा एक्सपर्ट टि टेन च्याम्पियनसिपको तेस्रो सँस्करण हुने भएको छ।
द हिमालयन क्लब जाइन्ट्स, द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज स्टार , एक्सपर्ट सगरमाथा ब्लुज रेनीग्रेड्स ,रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वेरियर्स गरेर आठ टिमले सहभागीता जनाउने प्रतियोगिता फेयरबेन पार्क एस्कटभेलमा र बोइङ रिजर्भ स्ट्राथमोरमा हुने छ।
प्रतियोगिताका विजेतालाई तीन हजार अस्ट्रेलियन डलर र दोस्रो हुनेलाई पाँच सय डलर तथा ट्रफी प्रदान गरिने भिएनसीएका अध्यक्ष सुजित बस्नेतले बताएका छन्।
कार्यक्रमलाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको छ भने बुद्ध ट्राभल्स, थ्रिआरजे,हङ्ग्री आई फ्युजन एण्ड बार, एभरेष्ट ड्राइभङि, डाइनेस्टी होम्स लालिगुरास इन्टरप्राइजेजले सहयोग गरेको भिएनसीएले जनाएको छ।
भिएनसिएले १० र ११ अप्रिलमा एक्सर्ट इन्टरस्टेट प्रतियोगिता समेत आयोजना गर्ने भएको छ जसमा मेल्बर्न, सिड्नी र तास्मानीयाका राज्य टिमले सहभागिता जनाउने भिएनसीएका क्रिकेट कोअडीनेटर सवीन अधिकारीले बताए।
भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदीयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

