eNepal

मेल्बर्नमा खुल्यो यात्री हाउस अफ इभेन्ट्स, पहिलो कार्यक्रम नयाँ बर्ष २०७८ रमाइलो साँझ

केही फरक सोचका साथ मेल्बर्नमा यात्री हाउस अफ इभेन्ट्सको शुरुवात भएको छ।

साङ्गीतिक कार्यक्रमहरु मात्र नभएर कर्पोरेट कार्यक्रम, सामाजिक कार्यक्रम, खेलकुदका कार्यक्रम लगाएत बहुसाँस्कृतिक कार्यक्रमहरू लाई समेट्ने गरि ल्याइएको यात्री हाउस अफ इभेन्ट्सले पहिलो कार्यक्रमका रुपमा आगामी नयाँ बर्ष २०७८ लाई स्वागत गर्दै नयाँ बर्ष २०७८ रमाइलो साँझ आयोजना गर्ने भएको छ।

आगामी १२ अप्रीलमा हुने रमाइलो साँझ रुबिक्स वेरहाउस मेल्बर्न, ब्राउन्स्विकमा साँझ ७:३० बाट शुरु हुनेछ।

मेल्बर्नमा बसोबास गर्ने स्थानीय कलाकारहरुको प्रस्तुती रहने रमाइलो साँझ कार्यक्रममा विधार्थी भाईबहिनीहरुलाई सहभागीता जनाएर आफ्नो कला प्रस्फुटन गराउन यात्री हाउस अफ इभेन्ट्सका डाइरेक्टर प्रकाश काजी थापाले अनुरोध गर्नु भएको छ। साथै आगामी दिनमा नेपाली समुदाय लगाएत अन्य बहुसाँस्कुतीक समुदायसँगको सहकार्यमा केही उच्चस्तरीय कार्यक्रम ल्याउने समेत जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal