मेल्बर्नको नेप्लिज नेबरहुड कम्युनिटी (एनएनसिआई)ले महाशिवरात्रीको अबसर पारेर भोली बिहीबार ११ मार्च २०२१ मा शिबरात्री बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। द हेरिटेज रिसेप्शन, हाईस्ट्रीट ईपिंगमा साँझ ४ बजे देखी ९ बजे सम्म हुने कार्यक्रममा भजन कृतन, शिवनृत्य, ध्यान, शिव पूजा, महाआरती, प्रसाद ग्रहण लगाएत अन्य बिबीध रमाइलो कार्यक्रम हुने जनाइएको छ।
हालको कोभीड १९ नियमहरूको कारण सीमित व्यक्तिहरूको संख्या मात्र प्रबेश गर्न पर्ने हुनाले कार्यक्रममा उपस्थित हुन बुकिंग अनिबार्य रहेको छ। समूहगत बुकिंग गर्न नमिल्ने र उपस्थित प्रत्येक व्यक्तिले छुट्टै बुक गर्नु पर्नेछ।भेन्युमा प्रबेश गर्दा टिकट अनिबार्य देखाउनु पर्ने छ।
टिकट लिनको लागि यो लिङ्कमा क्लिक गर्नु होला।
https://www.eventbrite.com/e/maha-sivaratri-celebration-tickets-144820583263

