eNepal

नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) गठन, अध्यक्षतामा प्रशेष पौडेल

अष्ट्रेलियाको तास्मानियामा बसोवास गर्ने नेपाली समुदायमा खेलकुदको विकाससँगै खेल मार्फत मानिसमा शारीरिक, सामाजिक, मानसिक सुधार गर्ने अभिप्रायका साथ यसै हप्ता नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) गठन भएको छ। 

प्रशेष पौड्यालको अध्यक्षतामा गठीत सँस्थाको उपाध्यक्षमा रविन भट्टराई, कोषाध्यक्षमा भोला श्रेष्ठ, सचिवमा सुरज श्रेष्ठ र सह-सचिवमा दीपिन बिम्ब रहेका छन्। संस्थाको जनसम्पर्क अधिकारीमा विष्णु सापकोटा, सल्लाहकारमा देव बास्कोटा र सम्पादकमा राजेश कुँवर चयन भएका छन्।

 

एनटीएसएको नवगठित कार्यसमितिका अध्यक्ष प्रशेष पौडेलले पत्रकार सम्मेलनमा बोल्दै होबार्टको खेल क्षेत्रमा करियरको उत्थानको लागि सबै प्रतिभाशाली खेलाडीहरुको सीप बृद्धि गर्नु र युवा शक्तिहरुलाई उर्जा प्रदान गर्ने मुख्य उदेश्यका साथ यसको स्थापना गरिएको बताउनु भयो।

पछिल्लो समय तास्मानियामा नेपालीहरुको बसोबास हुने क्रम बढेसँगै सँघसँस्थाहरु पनि धमाधम खोलीने क्रम जारी रहेको छ। आशा छ खेलकुदको माध्यमबाट तास्मानियाका नेपाली समुदायलाई एकजुट गर्न एनटीएसए कोसेढुङ्गा सावीत हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal