eNepal

क्रिकेट भिक्टोरिया र द हिमालयन क्लबको सहकार्यमा जुनियर क्रिकेट ब्लास्ट शुरु

क्रिकेट भिक्टोरिया र हिमालयन क्लबको सहकार्यमा हिजोबाट मेल्बर्नको टि डव्लु ब्लेक पार्क, प्रेस्टोनमा जुनियर क्रिकेट ब्लास्ट शुरु भएको छ। भिक्टोरीयामा बसोबास गर्ने नेपाली समुदाएका बालबालीकाहरुलाई लक्ष्क्षित गरेर आयोजना गरिएको आधारभुत तालीमको पहिलो सत्रका लागी ६० जनाले दर्ता गराएका थिए।

अप्रीलको ४ तारिख सम्म छ हप्ताको लागि हुने यस तालीमको पहिलो दिन ५४ जना बालबालीकाहरुले सहभागीता जनाएका थिए जुन बालबालीकाको लागि तेश्रो कार्यक्रम रहेको र सहभागीताको हिसाबले अहिले सम्मको ठुलो कार्यक्रम रहेको थियो।

पाँच बर्ष देखी आठ बर्ष उमेर समुहका बालबालीकाहरुले सहभागी जनाउन पाउने यस कार्यक्रमको मुख्य उदेश्य अर्को वर्ष हिमालयन क्लब अण्डर १० टीम निर्माण गर्ने र स्थानीय क्रिकेट प्रतियोगिता खेल्ने रहेको द हिमालयन क्लबका प्रेसीडेन्ट केशव सापकोटाले जानकारी गराउनु भयो।

क्रिकेट खेल तर्फ बालबालीकाहरुलाई आकर्षित गराउनका साथै उनीहरुमा शिपको अभिबृद्धी गर्ने हेतुले यो कार्यक्रम ल्याएको बताउँदै कार्यक्रमका कोअडीनेटर तारा गैरेले भोलीका दिनमा तालीम शिप र खेललाई निरन्तरता दिदै गएको खण्डमा रास्ट्रिय टिम सम्म हाम्रा बालबालीकाहरु पुग्न सक्छन् भन्दै सबै बच्चाहरु, अभिभावकहरु, समुदायका अगुवाहरु, क्रिकेट अष्ट्रेलिया, क्रिकेट भिक्टोरिया र मिडिया साझेदारहरुलाई धन्यवाद दिनु भयो।

पहिलो हप्ताको तालीमको संयोजक तारा गैरेले गर्नु भएको थियो भने तालीम Junior Participation Specialist ओवेन हुलेट, Inclusion Participation Officer रोहेल अख्तर लगाएत हिमालयन क्लबका कोच हरि कँडेल, सुशील बस्नेत, केशब पन्त र निश्चल कन्डेलले संयुक्त रुपमा गराएका थिए।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal