१६ औं ग्रेस इन्टरनेशनल न्याभ कप प्रतियोगिताको बिजेता बनेको छ एक्सपर्ट सगरमाथा ब्लुज स्टार्स। फाइनल खेल अन्तर्गत रोयल राइनोसले टस जिती ब्याटीङ रोजेको थियो भने इसबी स्टारलाई बलिङको निम्तो दिएको थियो। रोयल राइनोसले ब्याटिङ गर्दै खेलाडी उत्सव प्रोखेलले २३ रनको योगफल तयार गरि नट आउट भए भने अर्का ब्याटम्यान पुकार भण्डारीले १९ रन र सन्जोग दाहालले १४ रनको योगफल तयार पारेका थिए। अरु खेलाडिले दोहोरो अङ्क बनाउन सकेनन्। रोयल राइनोसले २० ओभरमा सबै विकेट गुमाउदै जम्मा ९९ रनको मध्यम योगफल तयार पारेको थियो। इएसबीबाट बलिङ गर्दै बलर प्रकाश थापाले ४ ओभर १५ रन खर्चंदै ३ विकेट हाता पारे भने अर्का बलर निकेस खनालले ४ ओभरमा १४ रन खर्चंदै ३ विकेट हाता पारेर उस्कृट वलिङ गरेका थिए।

रोयल राइनोजले दिएको १०० रनको टार्गेट पूरा गर्ने क्रममा १७.२ ओभरमा ५ विकेट गुमाउदै १०३ रन बनाएर खेल इसबी स्टारले जितेको थियो। खेलमा रोयल राइनोजका कौसल तुलाधरले २४ रनको योगफल तयार पारे भने अर्का ब्याटम्यान आशिष जिसीले २२ रनको योगफल साथै धिरज दासले नटआउट १५ रनको योगफल तयार पारेका थिए। रोयल राइनोसले बलिङ गर्ने क्रममा उत्सव पोख्रेलले ४ ओभरमा ११ रन खर्चंदै २ विकेट हाता पारे भने अर्का बलर चन्द श्रेष्ठले ३ ओभरमा १६ रन खर्चंदै १ विकेट हाता पारे साथै बलर संजोक दाहालले २ ओभरमा ७ रन खर्चंदै १ विकेट हाता पारेका थिए। प्रतियोगितामा इसबी स्टार ५ बिकेटले जित हात पार्दै यस बर्षको न्याव कप बिजेता बन्यो। यस प्रतियोगितामा प्रकाश थापा म्यान अफ द म्याच घोषित भए ।
यस्तै ईएसबी स्टारका कप्तान आशीषले म्यान अफ द सीरिज जितेका थिए भने सर्वश्रेष्ठ ब्याट्सम्यान ईएसबी रेनेगेड्सबाट बिकेश श्रेष्ठ छानिए। ईएसबी स्टार्सका धीरज दासले सर्वश्रेष्ठ बलर, आयुष पौडेल र दिनेश सापकोटा सर्वश्रेष्ठ विकेटकीपर र सर्वश्रेष्ठ फिल्डर छानिए।

पहिलो पटक टूर्नामेन्ट खेलेको फेयर प्ले ट्रफी फरवेस्ट हन्टरलाई प्रदान गरियो भने फेयर प्ले प्लेयर कुशल तुलाधरले हासिल गरे। प्रेसिडेन्ट पिक अफ द विक पहिलो, दोश्रो, तेस्रो र चौथो अनि सेमीफाइनल र फाईनलका लागि आरआरसिसिका पुकार, ईएसवी स्टार्सकी दिनेश, आआरसिसीका उत्सव पोखरेल,आरआरसीसीका युनिल श्रेस्ठ, आरआरसिसीका चन्द र ईएसवी स्टार्सका निकेशले प्राप्त गरे।

यो बर्ष खेलाडीहरुको मनोबल बढाउन मल्टी डाइनेमिकले नगद पुरस्कारको व्यबस्था गरेको थियो। कुल ८८ छक्का, ८ अर्ध शतक र २ पाँच विकेट स्कोरिंग खेलाडीहरुलाई नगद प्रदान गरिएको थियो।
यसै दिन न्याभ टिम र एनआरएनए भिकटोरीया टिम बिच पनि च्यारिटी म्याच सम्पन्न भएको थियो। हालै नेपालको बैतडीमा बलात्कार र हत्या गरीएकी स्वर्गीय भागीरथी भट्टकी आमालाई सहयोग जुटाउने हेतुले सो च्यारीटी खेलको आयोजना गरिएको थियो। खेल बराबरीमा सकिएको थियो। मल्टी डाईनामिकले च्यारिटी खेलमा जम्मा भएको जम्मा रकम बराबर रकम योगदान गर्ने घोषणा गरेको छ।
१६ औ न्याभकप प्रतियोगिताका निर्देशक एवम् न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले कोभीड १९ पछीको कठिनपूर्ण समय अनि भिक्टोरीयामा लकडाउनको बाबजूद पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै प्रायोजक, कमिटीका सदस्य, मिडीया, क्रिकेट भिक्टोरीया लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यवाद दिँदै लगातार करिब दुई महिनासम्म अनबरत रुपा खट्टिएर न्याभ कपलाई सफल बनाउन अहोरात्र खट्टिएका स्पोर्टस कोअर्डिनेटर नवीन श्रेष्ठ र प्राविधिक प्रमुख विदुर गिरीको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।


यो सँगै भिक्टोरीयाको नेपाली समुदाएमाँझ मिनी ओलम्पीकको रुपमा चिनीएको १६ न्याभकप सकिएको छ। फाईनल खेलमा नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानीक राजदूत चन्द्र योन्जन, एनआरएनए प्रेसीडेन्ट केशब कन्डेल, एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कन्डेल, क्रिकेट भिक्टोरीयाका प्रतिनिधी, मुख्य प्रायोजक ग्रेस ईन्टरनेश्नलका अध्यक्ष रामचन्द्र पौडेल, भिएनसिएका अध्यक्ष सुजीत बस्नेत लगाएत बिभीन्न समुदाएका अगुवाहरुको उपस्थिती रहेको थियो।
साथै फाईनल खेल र पुरस्कार बितरणको प्रत्यक्ष प्रसारण ईनेपालको पेजबाट गरिएको थियो।


