Ujk को नामले चिरपरीचित उज्ज्वल घिमीरे मै हूँ भन्दै फेरी एकपटक नेपाली साङ्गितीक आकाशमा आएका छन्। मनका कुण्ठित आवेगलाई शब्दमा कोर्दै आफ्नो ज्वलन्त आवाजमा समाजलाई बेला बेलामा झस्काई राख्न माहिर युजेकेका गीतले समाजमा देखिएको यथार्थलाई चित्रण गरेको पाईन्छ।
‘मै हुँ ‘ पनि यसैको उपजमा तयार भएको गीत हो।धेरै ठक्कर ,भोगाई ,धेरै मिहेनत, पसिना, प्रतिक्षा ,धैर्यताको कथा हो मै हुँ। आफ्नो छोरी रुआनाको जन्मदिन बिशेष पारेर रिलीज गरिएको मै हुँ मार्फत दश बर्ष अघि देखीको पुरानो साथी मिस्टा चाम्लिङलाई बिशेष धन्यबाद दिएका छन् उज्ज्वलले।
मिस्टा चाम्लिङ र उज्जवलको सहकार्यमा बनेको ‘मै हुँ’को भिडियो अभियान थापाले खिचेका हुन् भने Make Money Records को स्टुडियोमा गीतको रेकर्ड गरिएको हो।

