eNepal

न्याभ कपका सेमीफाइनल खेलहरु भोली हुँदै

१६ औं ग्रेस इन्टरनेशनल न्याभ कप प्रतियोगिताको सेमीफाईनका खेलहरु भोली हुने भएका छन्। भिक्टोरीयामा गएको साता भएको लकडाउनका कारण स्थगित भएको न्याभ कप लकडाउन हटेसँगै पुन: सुचारु हुने भएको हो। आईतबार हुने सेमीफाईनलका दुई खेलहरुमा हिमालयन जायनट्स र रोयल राइनोज  ग्राउण्ड ए मा भिड्दैछन् भने ग्राउण्ड बीमा सगरमाथा स्टार्स र नार्रे किङ्ग्स बीच प्रतिस्पर्धा हुने भएको छ।

१० जनवरीबाट शुरु भएको न्याभ कपको फाइनल खेल भने २८ तारीकमा हुँदैछ। भिक्टोरीयाको नेपाली समुदाएमा मिनी ओलम्पिकको रुपमा हेरीएको यस प्रतियोगितामा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नार्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लबले सहभागीता जनाएका छन्।

प्रतियोगीताको विजेता टिमले २ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले १ हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। यसको अलावा ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि हौसल्ला स्वरुप विशेष पुरस्कारको व्यवस्था गरेका छन् भने हस्पिटालिटी पार्टनरको रुपमा रहेको हंग्री आइजले प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५० डलर बराबरको गिफ्ट भौचरको व्यवस्था गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal