eNepal

सिड्नी रोडको फङ्सन सेन्टरमा सामेल हुनुहुनथ्यो भने सतर्क रहन अनुरोध

भिक्टोरिया राज्यमा पछिल्लो पटक फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिमयुक्त ठाउँ मध्य एक नेपाली फंक्सन सेन्टर परेको कुराले नेपाल महावाणिज्यदूत भिक्टोरीया कार्यलयको विशेष ध्यानाकर्षण गरेको छ । प्रेस बिज्ञप्तीमा भनिएको छ मेलबर्नको सिड्नी रोडमा रहेको नेपाली रेष्टुरेन्टमा शनिबार फेब्रुअरी ६ तारिख राति सवा सात बजेदेखि एघार तीस बजेसम्म उपस्थित भएको व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

नेपाल दूतावाश क्यानबेरा तथा नेपाल महावाणिज्यदूत भिक्टोरीया उक्त समयमा त्यहाँ जाने सबैलाई तत्कालै आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरिएको छ । 

त्यसका साथै, अष्ट्रेलियाको संघीय र भिक्टोरियन सरकारले नेपाली समुदायलाई सुरक्षित राख्न गरेको प्रयासको लागि धन्यवाद दिइएकोछ। भिक्टोरीयन सरकारले ’पाँच दिनको लकडाउन’ लागू गर्ने निर्णयप्रति समर्थन गर्दै र अन्य समुदायका सदस्यहरूलाई पनि डिपार्ट्मेन्ट अफ हेल्थले जारी गरेको कोभिड सम्बन्धी नियमावली पालना गरी सुरक्षित रहन अनुरोध समेत गरीएको छ।

यसबाहेक, यदि तपाइँलाई कोभिडको कुनै लक्षणहरू देखेको जस्तो लाग्छ भने, कृपया नजिकको परिक्षण केन्द्रमा गई तुरुन्तै कोभिड टेस्ट गराई हाल्नुहुन आग्रह गरिएको छ ।

यदि तपाईंलाई आफ्नो स्वाथ्यमा केही परिवर्तन र सरोकार भएमा कोरोना भाइरसको हटलाइन नम्बर १८००६७५३९८ मा (२४ घण्टानै ) सम्पर्क गर्नुहोला । यदि आकस्मिक सेवा चाहिएमा कृपया तिनवटा शुन्य (०००) प्रयोग गर्नुहोला ।

थप जानकारी तलको लिङ्कमा हेर्न सकिनेछ।

https://www.dhhs.vic.gov.au/coronavirus-covid-19-daily-update

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal