eNepal

एकाको फुटसल सम्पन्न, बाजी मार्यो बिएमडव्लु र कन्डेल कन्सल्ट्यान्सीको टिमले

अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स एलायन्स (एका)ले हिजो भिक्टोरिया राज्यका  क्रियाशील सदस्यहरुबीच मैत्रीभाव र सुमधर सम्बन्ध कायम राख्ने हेतुले आयोजना गरिएको एकदिने फुटसल प्रतियोगिता हिजो रक्सबर्ग पार्कमा सम्पन्न भएको छ।

ग्रेस ईन्टरनेस्नल, एक्सपर्ट एजुकेसन एण्ड भिषइ सर्भिसेज, मेभन कन्सल्टीङ ग्रुप, टिडब्लुजीजी माइग्रेसन एण्ड एजुकेसन, कन्डेल कन्सल्ट्यान्सी एजुकेसन एण्ड माईग्रेसन, मेट्स एजुकेसन एण्ड भिषा सर्भिसेज, बिएमडव्लु एजुकेसनल कन्सल्ट्यान्सी, सल्भ एजुकेसनल कन्सल्ट्यान्सी र जेनुयन एजुकेसन एण्ड भिषा सर्भिसेजले सहभागीता जनाएको फुटसल प्रतियोगिताको बिजेता बिएमडव्लु एजुकेसनल कन्सल्ट्यान्सी र कन्डेल कन्सल्ट्यान्सी एजुकेसन एण्ड माईग्रेसनको टिम बन्न सफल भएको छ। त्यस्तै फस्ट रनरअप मेभन कन्सल्टिङ ग्रुप, फेयर प्ले टिम एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज, प्लेअर अफ द टुर्नामेन्ट मेभन कन्सल्टिङ ग्रुपका टियो कोस्टा बन्न सफल भए। मेभन कन्सल्टिङ ग्रुपका जिवन बिस्ट बेस्ट गोलकिपर र सिनीयर प्लेयर अफ द टुर्नामेन्ट टोनु गुथाने भएका थिए।

प्रतियोगितामा रेफ्रीको भुमीका सुदीस के पाण्डे, सज्जन शर्मा र मनिष बिस्टले गरेको थिए भने प्रमुख अतिथीमा एनआरएनए अस्ट्रेलीयाका प्रेसीडेन्ट केशव कन्डेल र बिशेष अतिथीमा एनआरएनए अस्ट्रेलीयाका भुतपुर्व प्रेसीडेन्ट टोनु गोथानेको उपस्थिती रहेको थियो।

स्वास्थ्य अनि फिटनेसलाई प्रबर्द्धन गर्दै  शैक्षिक परामर्शदाता संस्थाहरुबीच पनि स्वच्छ प्रतिस्पर्धा कायम गर्दै समुदायमा स्वास्थ्य र फिटनेसलाई प्रबर्द्धन गर्न कोष जुटाउने मुख्य उद्देश्यका साथ यस प्रतियोगिता आयोजना गरिएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal