यो हप्ता मेल्बोर्नको नेपाली समुदाएले उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलीयाका आएका २२ बर्षीय कौसल खतिवडालाई गुमाएको छ।नेपाल घर सिन्धुपाल्चोक मेलम्ची भएका कौसल रिजर्भोयरमा दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा कोठा लिएर बसेका थिए। फेब्रुअरी २ तारिख, मध्यान्ह १२:२० बाथरुममा मृत फेला परेका थिए ।
आईटिमा डिप्लोमा अध्ययन गर्दै गरेका कौसलले छोटो समयमै आफ्नो जिवनलाई अत्यन्त दुर्भाग्यपूर्ण अवस्थामा समाप्त गरेका छन्।
एनआरएनए अस्ट्रेलीयालाई उनको परिवारले शव नेपाल लैजान व्यबस्थापन गर्न अनुरोध गरेको छ।शव नेपाल पठाउन लगभग दस हजार डलर लाग्ने अनुमान गरिएसँगै एनआरएनए अस्ट्रेलीयाले नेपाली समुदाएसँग सहयोगको अपील गरेको छ।यस अभियानलाई सहयोग गर्न तपाईले तल दिइएको गो फण्डको लिङ्कमा आफ्नो गच्छ्य अनुसार सहयोग गर्न सक्नु हुनेछ। थप जानकारीको लागि प्रेम कन्डेल, राज्य संयोजक (भिक्टोरिया) लाई सम्पर्क गर्नु सक्नु हुनेछ।
वैकल्पिक रूपमा तपाईले एनआरएनए अस्ट्रेलियाको खातामा सिधा क्रेडिट गर्न सक्नुहुनेछ:
एनआरएनए अष्ट्रेलिया हेल्पडेस्क खाता
BSB: 032006
Account: 493201

