eNepal

एकाले आज मेल्बर्नमा फुटसल आयोजना गर्दै

अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स एलायन्स (एका) ले आज भिक्टोरिया राज्यका  क्रियाशील सदस्यहरुबीच मैत्रीभाव र सुमधर सम्बन्ध कायम राख्ने हेतुले एकदिने फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्वास्थ्य अनि फिटनेसलाई प्रबर्द्धन गर्दै  शैक्षिक परामर्शदाता संस्थाहरुबीच पनि स्वच्छ प्रतिस्पर्धा कायम गर्नका खातीर एक दिने फुटसल प्रतियोगिता आयोजना गरिएको आजको प्रतियोगिताका संयोजक एवं एकाका उपाध्यक्ष रामचन्द्र पौडेलले  जानकारी गराउनु भएको छ ।

छ वटा टिम बिच हुने आजको फुटसल प्रतियोगिता मेल्बर्नको उत्तरी भागमा रहेको रक्सबर्ग पार्कमा हुँदैछ। समुदायमा स्वास्थ्य र फिटनेसलाई प्रबर्द्धन गर्न एक कोष जुटाउने यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal