मेल्बर्नको उत्तर पूर्वी उपनगरहरु दोरेन र मरेण्डा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था दोरेन मरेण्डा नेपाली समुदायको पहीलो साधारण सभा शनिबार,३० जनवरीमा सम्पन्न भएको छ। उक्त भेलाले मेल्बर्नमा बीगत लामो समयदेखी बसोबास गर्दै आएका गोपाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ।
उक्त कार्यसमितिको उपाध्यक्षमा कृष्ण चालिसे, सचिबमा हेमराज चालिसे, सहसचिबमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा हेमराज पौडेल, सह कोषाध्यक्षमा अन्जु अधिकारी रहनु भएको छ भने सदस्यहरुमा मनोज ढुंगाना, नबराज शर्मा, मदन सुबेदी, शुमन्ता खतिवडा, शमा मैनाली र प्रकाश पौडेल चुनीनु भएको छ।

कार्यक्रममा निबर्तमान अध्यक्ष सुनिल मैनालिले संस्थाको बार्षिक रीपोर्ट प्रस्तुत गर्नुभएको थियो साथै कोषाध्यक्ष कृष्ण चालिसेले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो।
डा. सुरेन्द्र रौनियार डा. बिमल श्रेष्ठ र राम गुरुगको तिन सदस्यीय समितीले साधारण सभा/ कार्यसमितिको चयन प्रकृया संयोजन गर्नु भएको थियो।
नेपालीहरुको उल्लेख्य बसाइ रहेको यस क्षेत्रमा दोरेन मरेण्डा नेपाली समुदाएले बीगत १ बर्ष देखी नेपाली बालबालिकाहरुको लागी नेपाली पाठशाला र नृत्य प्रशिक्षण तथा बयस्कहरुको लागी योग र ध्यानका कक्षा पनि संचालन गर्दै आएको छ।
नेपाली कला सँस्कृती भाषा जिवनशैलीलाई दोश्रो पुस्ता माँझ चिनाउन र सिकाउन अस्ट्रेलीयाका बिभीन्न राज्यमा खोलीएका यस्ता समुदायले निकै ठुलो भुमीका खेलेको छ। बिभीन्न समयमा आयोजना हुने साँस्कृतीक उत्सव र कार्यक्रमले दुई पुस्ता बिचमा एउटा पुलको रुपमा काम गर्दै नयाँ आप्रवासी, विद्यार्थी र नव आगन्तुकहरुलाई जोडाउने काम पनि गर्दै आएको छ।

