eNepal

नेप्लिज इन एडिलेडले टेबल टेनीस प्रतियोगिता आयोजना गर्दै

नेप्लिज इन एडिलेडले एडिलेड, साउथ अस्ट्रेलियामा नै पहिलो पटक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज एडिलेड व्यापी टेबल टेनीस प्रतियोगिता आयोजना गर्ने भएको छ ।  ०६ फेब्रुअरी, शनिवारका दिन फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको परिसरमा कार्यक्रम भव्यरुपमा आयोजना हुने जनाइएको छ । 

विदेशको व्यस्त जीवनबाट केही समय निकालेर साथिभाई जमघट भई भाईचारा मजबुत गराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागेको, कार्यक्रम आयोजक, नेप्लिज इन एडिलेडका अध्यक्ष, प्रकाश गैरे ले जानकारी दिनु भयो । 

रजिस्ट्रेशन फिका रुपमा प्रती व्यक्ति $१० राखिएको छ । प्रतियोगिता पुरुष र महिला २ विधामा हुनेछ ! बिजेतालाई प्रमाणपत्र, ट्रफी र पुरस्कारको व्यवस्था छ भने कार्यक्रममा जो कोहि आएर पनि शोभा बढाउन सक्नु हुनेछ । 

आयोजकको तर्फबाट यहाँहरु सबैलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रमको लिन्क तल दिईएको छ! रजिस्टर गर्न सक्नुहुनेछ। 

https://fb.me/e/213jIW4xW

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal