eNepal

जिलोङ नेप्लिज एसोसियसनले विशेष कार्यक्रम आयोजना गर्दै मनायो अस्ट्रेलीयन दिवश

२६ जनवरी यानिकी अस्ट्रेलीयन डेको अवसर पारेर जिलोङ नेप्लिज एसोसियसनले एक बिशेष कार्यक्रम आयोजना गर्दै अस्ट्रेलीयन डे मनाएको छ।

सो कार्यक्रममा प्रमुख अतिथीका रुपमा कोराङगामाइटका लागि संघीय सांसद लिब्ली कोकर, नेपालका लागि भिक्टोरीयाका तर्फबाट अबैतानीक राजदुत चन्द्र योन्जन, अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)का अध्यक्ष राजेश आचार्य, एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कन्डेल, अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)का सचीव नारायण काफ्लेको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै जिएनएका अध्यक्ष निरज करणजितले ६५००० बर्ष अघि पहिलो पटक ब्रिटिशहरु न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झना गर्दै अस्ट्रेलीयालाई विश्वको सबैभन्दा ठूलो बहुसांस्कृतिक देश बन्न मद्दत र योगदान पुर्‍याउने हरेक अष्ट्रेलियालीहरूलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गर्नु भयो।

त्यस्तै कोभीड महामारी सबैको लागि चुनौतीपूर्ण रहेको र यस्तो बिसम् परिस्थीतीमा अथक परिश्रम गरेका सबै स्वयंसेवकहरूलाई पनि ससम्मान धन्यबाद दिनु भयो।अष्ट्रेलिया डे अष्ट्रेलिया अनि अष्ट्रेलियाली संस्कृति र समुदायप्रति एकताको प्रतीकको रुपमा बिभीन्न समुदायबाट मनाउँदै आइएको छ। आफ्नो मौलीक कला, परम्परा र सँस्कृतीलाई अरु समुदाएमा चिनाउन पाउनु खुसीको कुरा रहेको बताउनु भयो।

जिलोङको सानो नेपाली समुदाएलाई अनबरत स्थानीए साझेदारीको रुपमा सहयोग गर्दै आएको ग्रेटर जिलोङ सिटी र डाइभर्सीटेटलाई बिशेष धन्यबाद दिइएको थियो।

कार्यक्रममा Aus Crew टिम र बिमला दुवालबाट नेपाली सँस्कृती झल्किने नेपाली परम्परागत नृत्य प्रस्तुत गरेका थिए भने हङ्ग्री आईज एसीएन फ्युजन एण्ड बारले खाना क्याटरीङको व्यबस्था गरेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal