eNepal

नेपाल र प्रवासी नेपालीलाई सहयोग गर्ने उदेश्यका साथ युथ फ्रम नेपाल नामक सामाजिक सँस्था दर्ता

देशको जनशक्ति – युवाशक्ति भन्ने मुल नारा सहित नेपाल र प्रवासी नेपालीलाई सहयोग गर्ने मुख्य उदेश्यका साथ एडिलेडका केही युवाहरु मिलेर “युथ फ्रम नेपाल” नामक सामाजिक सँस्था दर्ता गरेका छन्।युथ फ्रम नेपाल एउटा यस्तो सामाजिक संस्था हो जसले युवा वर्गहरुलाई लक्ष्यित कार्यक्रमहरु आयोजना गर्ने जनाइएको छ । 

आफ्नो देशलाई बाध्यताबस् छोड्नु पर्दाको पीडा अनि यहाँ आए पछि भोग्नुपर्ने दु:खलाई कसरी निवारण गर्न सकिन्छ र आफ्नो देश नेपाललाई कसरी आफुले योगदान दिनसकिन्छ भन्ने कुरामा जोड दिनका लागि यस संस्थाको अवधारणा बिकास भएको संस्थापक प्रकाश गैरे बताउँछन् । 

हाल एडिलेडमा औपचारिक तवरले यस संस्थाको स्थापना भएको र अब आउने दिनहरुमा देश तथा विदेशमा रहेका युवाहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ अस्ट्रेलियाको विभिन्न शहरहरुमा पनि सुरु हुने व्यहोराको जानकारी व्यवस्थापन समितिका एकले बताउनु भयो । 

विदेशमा रहेर पनि कुनै पनि सामाजिक संघ-संस्था राजनीतिक हस्तक्षेपबाट अछुतो हुन भने सकेका छैनन् । यस्तो समयमा पनि कुनै संस्थालाई राजनीतिको आडमा विभेद सिर्जना गर्नुभन्दा पनि सबै एकजुट भएर समाजमा रहि आएका विपत तथा समस्याहरुको समाधानमा लाग्नु उचित हुन्छ। त्यसकारण सबै जना साथीभाईहरुलाई यस अभियानमा जोडिएर हातेमालो गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ र चाडैनै अस्ट्रेलियाका सबै भागमा पुग्ने कोशिसमा रहेको बताइएको छ।

YFN NEPAL Official facebook page- https://www.facebook.com/Youth-From-Nepal-YFN-102069891882023/

YFN- Australia:

https://www.facebook.com/YFN-Australia-104556524959882/

YFN- Victoria: https://www.facebook.com/YFN-Victoria-104424271639878/

YFN- South Australia:

https://www.facebook.com/YFN-South-Australia-102552485165196/

YFN- Western Australia:

https://www.facebook.com/YFN-Western-Australia-101537591935753/

YFN- Northern Territory:

https://www.facebook.com/YFN-Northern-Territory-105367531542384/

YFN-Queensland:

https://www.facebook.com/YFN-Queensland-101254608632125/

YFN- New south wales:

https://www.facebook.com/YFN-New-South-Wales-105038274909474/

YFN-Tasmania:

https://www.facebook.com/YFN-Tasmania-107272831348046/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal