eNepal

न्याभद्वारा च्याण्डलर आरटिओको सहकार्यमा एकदिने प्राथमिक उपचार तालीम सम्पन्न

नेप्लीज एशोसियसन अफ भिक्टोरियाले गएको शनिबार १६ जनवरी २०२१ च्याण्डलर आरटिओको सहकार्य तथा सहयोगमा च्याण्डलरको आफ्नै कार्यलयमा फस्ट ऐड ट्रेनिङ सम्पन्न गरेको छ। न्याभले आयोजना गरेको फस्ट ऐड ट्रेनिङ बिशेषतः १६ औँ न्याभ कपको सिलसिलामा क्रिकेट खेलाडीहरूको प्राथमिक उपचारमा सहयोग पुग्ने हेतुले आयोजना गरिईएको न्याभका अध्यक्ष राम गुरूङले बताउनु भयो । 

१६औँ न्याभ कपमा च्याण्डलर आरटिओले कोपार्टनरको भुमिकामा ठुलो सहयोग पुर्याएको छ । खेलाडीहरूलाई थप हौसला जगाउन च्याण्डलर आरटिओ पहिला देखीनै न्याभलाई धेरै सहयोग गर्दै आएको छ । यो एकदिने कार्यक्रम सँस्थाका सदस्य बिदुर शर्मा गिरीले कोअर्डिनेटरमा भएको थियो भने कार्यक्रम संचालन सँस्थाकी उपाध्यक्ष ललिशा थापाले गरेकी थिईन । 

महिला तथा पुरूषहरूको बृहत उपस्थितिमा सम्पन्न कार्यक्रममा च्याण्डलर आरटिओ र ट्रेनर फोवाङ ङ्गयूनलाई न्याभका तर्फबाट सम्मान स्वरूप खादा तथा प्रमणपत्र प्रदान गरिईएको थियो । ट्रेनर फोवाङले आफुलाई यति ठुलो सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै नेपालीहरूको खुलेर प्रशंसा गरेकि थिईन । न्याभले यस्तो उपलब्धिमुलक कार्यक्रम गरेकोमा उपस्थित सबैले आभार ब्यक्त गर्नु भएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal