भिक्टोरियाले तीन वटा कोरोना घटनाहरू रेकर्ड गरे सँगै नयाँ बर्षको पूर्व सन्ध्यामा आज साँझ पाँचबजे बाट लागु हुने गरि कुनै भवनभित्र १५ जना मात्र भेला हुन पाउने नियम ल्याएको छ।यस अघी तिस जना सम्म भेला हुने व्यबस्था रहेको थियो।
त्यस्तै आफ्नो घर बाहेक अन्य ठाउँमा जमघट गर्दा मास्क अनिवार्य रुपमा लगाउने पर्ने व्यबस्था गरिएको छ।
भिक्टोरीयामा हाल छ कोरोना सङ्क्रमणका घटना देखा परेको छ भने उनिहरुको सम्पर्कमा आएका ५२ जनामा थप अनुसन्धान हुँदै गरेको अधिकारीहरुले बताएका छन्।
हिजो भेटीएको सङ्क्रमणहरु मेलर्वनका मिटचाम,हलम र मेन्टोनमा फेला परेका थिए । ४० वर्षका दुई र ७० वर्षकी एक महिला सङ्क्रमित भएको बताइएको थियो।
पछिल्लो तीन केसहरू ब्ल्याक रकको स्माइल बफेलो थाई रेस्टुरेन्टसँग जोडिएका छन्।
कार्यवाहक प्रिमियर जेक्टिना एलनका अनुसार एनएसडब्ल्युबाट फर्किएकी यात्री डिसेम्बर २१ मा रेस्टुराँमा उपस्थित भएको पुष्टि भएको छ।

