जिलोङ तथा आसपासका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायलाई समस्या परेको बेलामा सहयोग गर्ने, नेपालको कला, संस्कृति, परम्परा, भाषा र पोशाकको संरक्षण गर्नुका साथै विभिन्न चाड पर्व कार्यक्रमको समन्वय र सहजीकरण गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको जिलोङ नेपलिज एसोसिएसनमा फेरी पनि निरज कारणजीत निर्बिरोध निर्वाचित हुनु भएको छ । यो उहाँको तेस्रो कार्यकाल हो। संस्थाको उपाध्यक्षमा गणेश आचार्य, सचीवमा सुरज तिवारी, सहसचीवमा अन्जना रौनियार, कोषाध्यक्षमा नविन नायक निर्बिरोध निर्वाचित हुनु भएको छ ।
त्यसै गरि कार्यकारी बोर्ड सदस्यहरुमा क्षितीज चन्द्र राई, नगेन्द्र अवस्थी, बिमला दुवाल, श्रीकृष्ण सिल्वाल, गोभीन्द पौडेल, मनोज श्रेष्ठ र सागर पाठक चुनिनु भएको छ।
सल्लाहाकारमा सँस्थाका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ र पिएचडी बिधार्थी तथा भुत्पुर्व सचीव तर्कराज भट्ट चयन हुनुभएको छ।
जिलोङ तथा आसपासमा बस्नु हुने नेपालीका हक र हित लागी सन २०१४ देखी अहोरात खटी रहनु भएका निरज कारणजितनै जिलोङका नेपालीहरुको अहिलेको चाहना र आवस्यक्ता रहेको संस्थाका कार्यकारी सदस्य क्षितिज चन्द्र राईले बताउनु भयो।
कार्यक्रमको सन्चालन सचीव तर्कराज भटले गर्नु भएको थियो भने गत बर्षको कार्य विवरणको जानकारी संस्थाका सह सचिब सितु श्रेष्ठले गर्नु भएको थियो । संस्थाका सदस्यहरुको जानकारी नविन नायकले गर्नु भएको थियो भने संस्थाले यसवर्ष गरेको कार्यक्रम लगाएत आउने वर्षको कार्यक्रमहरु र संस्थाको आय ब्ययको बारेमा निरज कारणजितले प्रकाश पार्नु भएको थियो ।
मेल्बर्न पछीको दोस्रो ठुलो शहर जिलोङको यो संस्था यहाँ बस्ने सबै नेपालीको साझा फूलबारी हो र यस क्षेत्रमा नेपाली समुदायको शिर उच्च राख्न आउँदो दिनहरुमा पनि उतिकै ससक्त रुपमा सबैलाई साथमा लिएर अगाडी बध्ने जानकारी संस्थाका नव निर्वाचित अध्यक्ष निरज कारणजितले बताउनु भएको छ ।
आज भएको साधारण सभामा ४० प्रतिशत सदस्यहरु सहभागी हुनु भएको थियो। कार्यक्रमको समापन वर्तमान सचिब सुरज तिवारीले गर्नु भएको थियो।




