किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले बिभिन्न बैंकसंग सहकार्यमा किसान क्रेडिट कार्ड’ को सेवा शुरुवात भएको छ । ‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो । ‘किसान क्रेडिट कार्ड मार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने छ । यस अभियानलाई प्रभावकारी बनाउन आर एण्ड डी ईनोभेटिभ सोलुसनले बिभिन्न बैक, स्थानिय निकाय र दातृ निकायलाई साझेदारको रुपमा लिएको छ ।
कसरी यो कार्ड पाउन सकिन्छ ?
यो कार्ड पाउनको लागि किसानले आफनो ब्यक्तिगत प्यान नम्बर, नागरिकता, गर्ने कामको अनुमानित आय व्यय बिबरण साथै परिवारको सहमति र आफ्नो वा परिवारको नाममा भएको जग्गाको लालपुर्जाको फोटोकपी सहित नजिकको बैकको शाखामा बुझाएपछि प्रकृया अगाडी बढेपछि पाउन सकिन्छ ।
यसको ब्याजदर र भुक्तानी प्रकृया कस्तो छ ?
यो व्याज अनुदान सहितको कर्जा हो । यो चालु पूजी भएकोले किसानले चलाएको सावाँको ब्याज त्रैमासिक रुपमा तिर्नूपर्ने हुन्छ । यदि पहिलै नै सहुलियत दरको कर्जा वा अन्य कुनै बैकिङ्ग सुबिधा लिईसकेको छ भने बैकले तोकेको ब्याजदर लागु हुनेछ । यो कर्जा प्रत्येक वर्ष नविकरण गर्नु पर्ने हुन्छ र कर्जाको अवधि अधिक्तम ५ वर्षको रहनेछ । व्याज बाहेक अन्य कुनै पनि शूल्क बैंकले लिदैन ।
कति समय लाग्छ ?
सबै कागजपत्र जम्मा भएपछि, कर्जा पाउन योग्य भएमा , कृषि साझेदार आर एण्ड इनोभेटिभ सोलुसनको सिफारीस भएको १५ दिनभित्र कार्ड पाउन सकिन्छ ।
सेवा शुल्क कति लाग्छ ?
यो नेपाल सरकारको सहुलियतपूर्ण कर्जा भएकोले हालको लागि यसमा कुनै शुल्क लाग्नेछैन तर केही शर्तहरु लागु हुनेछ ।

