eNepal

के हो माछा पाल्नको लागी नेपालमा प्रयोगमा ल्याएको बायोफ्लक प्रबिधि जानिराखौ

काठमाडौं -जमीन नबिगारिकन सतहभन्दा माथि ट्याङ्कमार्फत बढी घनत्वमा माछा पालन गर्न मिल्ने प्रविधि हो बायोफ्लक । पानीमा सूक्ष्म जीव (ब्याक्टेरिया) उत्पादन गरी माछालाई बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ । माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ । बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ । ट्याङ्की निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ । “बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पर्दैन ।”

यो प्रविधिमा थोरै जग्गा भएकाले माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न (हार्भेस्टिङ) सजिलो हुन्छ । जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमीन बिग्रँदैन । पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।

यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ । सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ । पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ । परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी मात्र माछापालन गर्न सकिन्छ तर यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ । एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ । जसले एक सिजनमा छ हजारदेखि आठ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ । माछापालनमा प्रयोग हुने ट्याङक फरक फरक साइजको हुन्छ । सामान्यतया एउटा तीन मिटर व्यासको ट्याङक रु ३० देखि ४० हजारमा तयार हुन्छ । यसमा २०० देखि ५०० केजी माछा हुर्काउन सकिन्छ ।

यो प्रविधिमार्फत माछापालन गर्नका लागि प्राविधिक ज्ञान आवश्यक पर्छ । ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाइरहनुपर्ने हुनाले प्राविधिक ज्ञान आवश्यक पर्छ । यो प्रविधि धेरै फाइदाजनक देखिए पनि यसका चुनौतीलाई राम्रोसँग सामना गर्न सकेन भने धेरै समस्यासमेत आउन सक्छ । यसमा विशेष गरेर विद्युत लगातार आवश्यक हुन्छ । यो प्रविधिमा सफल हुनका लागि समयको व्यवस्थापन जरुरी हुन्छ । यो प्रविधि नेपालमै पहिलोपटक सफल परीक्षण गरेको युवाको दाबी छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal