eNepal

थोपा सिंचाइ प्रयोग कसरी गर्ने तथा फाइदाहरु जान्नुहोस

• नेपालमा थोपा सिंचाइ खास गरी प्लास्टिक घरभित्र खेती गरिने बाली र खुल्ला स्थानमा हिँउद र सुख्यायाममा उत्पादन गरिने तरकारी तथा फलफूल खेतीमा प्रयोग भइरहेको छ ।

• भिरालो जमिन तथा कूलोबाट सिंचाइ असम्भव क्षेत्र, पानी कम हुने , बलौटे माटो भएको जमिन, पहाडी तथा तराई क्षेत्रमा प्रयोग गर्न सकिने ।

• थोरै पानीबाट धेरै जमिनमा सिंचाइ गर्न सकिने । यो प्रविधिमा पानी बिरुवाको जरा नजिकै थोपा–थोपा गरी राखिने भएकोले ३० देखि ७० प्रतिशत सम्म पानीको बचत हुन्छ ।

• यो सिंचाइ प्रणालीमा झारपातको प्रकोप कम हुन्छ ।

• मललाई पानी सँगैसिधै जरा नजिकै राख्न सकिन्छ र चाहिए जति पानी र मल एकनासरूपले जरामा राख्न सकिन्छ ।

• विशेष पहाडी भू–भागमा धेरै पानीको प्रयोगले भू–क्षय पहिरो जाने सम्भावना हुने हुँदा थोपा सिंचाई यस्ता प्रकोप न्यूनीकरण मा प्रभावकारी मानिन्छ।

• थोपा सिंचाईको प्रयोगबाट उत्पादनमा ३० देखि १०० प्रतिशत सम्म वृद्धि भएको पाइएको छ।

• गुणस्तरिय तथा स्वस्थ उत्पादन हुनुका साथै वातावरणीय प्रदुषणबाट बचाउँछ ।

• प्रविधि महङ्गो भए पनि सञ्चालन तथा मर्मतका लागि त्यति खर्चिनु पर्दैन ।

• पानी, समय, उर्जा तथा कामदारको खर्चमा बचत हुन्छ।

• पानी झर्ने प्वाल टालिने , सबै ठाँउमा एकनासको पानी नझर्न सक्ने सम्भावना , असिना, मुसा लगायत जनावरबाट समान टुटफुट हुन सक्ने जस्ता समस्या देखिन भने सक्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal