eNepal

मधुमेहका बिरामीले खान उपयुक्त हुने रातो केराको नेपालमा व्यावसायिक उत्पादन सुरु

कंचनपुर -नेपालमा रातो केराको ब्याबसायिक रुपमा सफल परिक्षण भएको छ। अन्य केरा व्यावसायिक खेती गर्दै आएकोमा अहिले रातो केराको व्यावसायिक खेतिको सुरुवात गरिएको छ।

कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।

अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा प्रयोग भएको देखिन्छ ।

‘पहिलोपटक हामीले ४/५ सय बोटबाट खेती सुरु गरेका छौं,’ केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण सिंह साउदले भने, ‘इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको हो ।’ उनले यस वर्ष थप १० हजार बिरुवा माग भएको बताए । परीक्षणका रूपमा लगाइएको केरा उत्पादन भएपछि बजारको मागअनुसार थप विस्तार गरिने उनले जनाए ।

रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर कैलालीका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराका अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुन्छ । ‘यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम हुन्छ,’ उनले भने, ‘त्यही भएर यो मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिन्छ ।’यसमा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो कुरा निकै लाभदायी हुने बताइन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal