eNepal

गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा गौतम बुद्ध कप आयोजना हुँदै

चितवन -भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा खेल आयोजना हुने भएको हो । प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता संचालनका लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

मंसिर २७ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय टोलीको क्याम्पमा रहेका सबै खेलाडीले खेल्नेछन् । हाल क्याम्पमा रहेका खेलाडी तथा घरेलु क्रिकेटमा नाम चलेका खेलाडीसहित तीन टोली निर्माण गरिनेछ । तीन टोलीले राउन्ड रोबिन लिगपछि ३० गते फाइनल खेल्नेछन् । प्रतियोगिता टि-२० हुने वा ५० ओभरको हुने भन्नेबारे पिचको अवस्था हेरेपछि मात्र यकिन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

विश्वभर कोरोना संक्रमणको कठिन परिस्थितिमा पनि क्रिकेट बिस्तारै सुरु भएको अवस्थामा क्रिकेट ब्युँताउन प्रदेश क्रिकेट संघले यो कदम चलेको हो । प्रतियोगितामा सबै सुरक्षा मापदण्ड पालना गरिने आयोजकले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal