मेल्बर्नको ईपिङ वलर्ट नेप्लिज् कम्युनिटीले गत शनिबार, नोभेम्बर २८ का दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
अरोरा टाउन सेन्टर पार्क, ईपिङमा गरिएको कार्यक्रमका संस्थाका अध्यक्ष रोशन उपाध्यायले संस्थाका भाबि कार्यक्रमहरू बारे जानकारी दिनु भएको थियो भने उपाध्यक्ष रोसलिना महर्जनले गत बर्ष गरिएका कार्यक्रम बारे जानकारी गराउनु भएको थियो। त्यसैगरी कोषाध्यक्ष कृष्ण सापकोटाले संस्थाको अर्थिक विवरण पेश गर्नु भएको थियो।
कार्यक्रममा सामाजिक अभियन्ता तारा गैरेले सामुदायिक संगठनमा स्वंमसेवा गर्नुको महत्व तथा त्यस संगै आउने अवसर र चुनौती बारे बोल्नु भएको थियो।
उक्त अबसरमा संस्था द्वारा संचालित नेपाली स्कुल “बाल वाटिका” का शिक्षक द्वय बिराट शर्मा र हेमा गुरुङ्लाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको आकर्षणको रुपमा स्थानिय चित्रकार नारायण कँडेलको चित्रकलाहरु पनि प्रदर्शनीमा राखिएको थियो।
कोभिड सेफ नियमहरू पालनाका साथ गरिएको कार्यक्रममा संस्थाले औपचारीक रुपमा सदस्यता दिने अभियान पनि शुरु गरेको छ। यदी तपाई ईपिङ वा वलर्टमा बस्नु हुन्छ भने यो लिङकमा गएर संस्थाको सदस्य बन्न सक्नुहुनेछ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeaaV-47jxQ3d8YYzVM4ISNxY6JENvKNvxX-1D7DyAj2lPSsw/viewform





