मोनास मेडीकल सेन्टरमा उपचार्थ एक मात्र कोरोना भाइरस बिरामीले हिजो अस्पतालबाट डिस्चार्ज भए सँगै भिक्टोरीयामा कोराना भाईरसको सक्रिय केस सून्य भएको छ। यसको अर्थ भिक्टोरीया अव कोभीड फ्री राज्य हुन सफल भएको छ।
प्रिमियर डानियल एन्ड्रयूजले प्रेस मिट मार्फत यो कुरा पुष्टि गर्दै यो एकदम महत्त्वपूर्ण दिन रहेको र प्रत्येक भिक्टोरियनले दोस्रो लहरलाई हराउँन खेलेको भूमिकाको प्रसंशा गरेका छन्।
स्वास्थ्य र मानव सेवा विभागका अनुसार भिक्टोरियाका अस्पतालहरू अन्तिम पटक फेब्रुअरी २१ मा कोरोना भाइरसका केसबाट मुक्त भएको थियो।
लगातार २५ दिनदेखि नयाँ कोरोना संक्रमित देखिएका छैनन् भने गएको २४ घण्टामा ९ हजार ९ सय ६० जनाको कोरोना परीक्षण भएको छ।

