eNepal

अस्ट्रेलीयाको बिभीन्न शहरमा लक्ष्मी पुजा र भाई टिकाको शुभसाइत यस्तो छ

नेपाल हिन्दू समाज अस्ट्रेलियाले अस्ट्रेलियाका विभिन्न शहरहरुमा लागि २०७७ सालको लक्ष्मीपूजा तथा भाइटिकाको शुभसाइत निर्धारण गरेको छ।

पञ्चाङ्ग समितीका अनुसार सबै राज्यमा छुटाछुट्टै लक्ष्मी पुजा र भाई टिकाको  शुभसाइत जुरेको छ। सिड्नीमा लक्ष्मी पुजाको शुभसाइत १४ नोभेम्बरको सन्ध्या   ७: ४२, मेलबर्नमा सन्ध्या ७:५९, ब्रिजवेनमा सन्ध्या ८: ३४, एडिलेडमा सन्ध्या ८: १८ बजे जुरेको छ। त्यस्तै क्यानबेरामा सन्ध्या ७: ४६, तास्मानियामा ८: ०२ , पर्थमा सन्ध्या ८: १८ अनि डार्विनमा सन्ध्या ७: १२ मा लक्ष्मी पुजाको साइत जुरेको छ।

त्यस्तै यस बर्षको भाई टिकाको शुभसाइत १६ नोभेम्बरको मध्यन्तार सिड्नीमा २: ०४ देखी ४: ५१, मेलबर्नमा २: ३० देखी ५: २१, ब्रिजवेनमा १२: ५४ देखी ३: ३६, एडिलेडमा २:२५ देखी ५: १२ बजेको साइत जुरेको छ। त्यस्तै क्यानबेरामा २: १३ देखी ५:०१, तास्मानियामा २: २४ देखी ५: १९, पर्थमा १: २४ देखी ४: १० अनि डार्विनमा १: ४८ देखी ४: २० मा साइतको टीका लगाउन सकिने  समितिले जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal