डिकेन युनिभर्सिटी नेपाली सोसाइटीले (DUNS) जिलोङ नेप्लिज एसोसिएसनसँगको सहकार्यमा भिक्टोरीयामा आउँदै गरेको तिहार पर्वलाई लक्ष्क्षित गर्दै तिहार अनलाइन प्रतिभा प्रतियोगीता आयोजना गर्ने भएको छ।
यस प्रतीयोगीतामा सहभागी हुनलाई तिहार वा दिवालीसँग सम्बन्धित नृत्य, गायन, पेन्टीङ, रेखाचीत्र, छोटो चलचीत्र, अभिनय जस्ता सामाग्रीहरु हुनु पर्ने छ। टिकटक भिडीयोलाई पनि मान्यता दिइने हुनाले यस प्रतीयोगीतामा सबैले भाग लिन सक्ने छन् भने एक सहभागी एक प्रस्तुतीकरण अनिबार्य रहेको छ। भिडीयो अधिकतम् ९० मिनेटको हुनु पर्ने छ।
सहभागीहरुले घर बाहिर भिडीयो बनाउँदा भिक्टोरियन सरकारद्वारा उल्लेख सबै खालका दिशानिर्देशहरू पालना गर्नु पर्नेछ। यदि सार्वजनिक ठाउँमा भिडीयो बनाउँदै हो भने मास्क अनिबार्य लगाएको अनि सामाजिक दूरी र राम्रो स्वच्छता अभ्यास गरेको हुनु पर्ने। हालका COVID दिशानिर्देशहरूको पालना नगरीएका कुनै पनि भिडीयोलाई आयोजकले स्वीकार नगर्ने जनाएको छ।
भिडीयो पठाउने अन्तिम मिती २२ नोभेम्बर सम्म राखिएको छ भने भोटीङका लागि २३ नोभेम्बरबाट २७ नोभेम्बरसम्मलाई तोकिएको छ।नतिजा २८ नोभेम्बरमा प्रकाशीत हुने छ। पुरस्कार राशी प्रथम हुनेलाई १०० डलर, दोश्रो हुनेलाई ७० डलर र तेश्रो हुनेलाई तीस डलर राखिएको छ।
भिडोयो [email protected] मा पठाउनु होला।

