eNepal

जैतुन खेती बारे सम्पुर्ण जानकारीका साथै नेपालमा यस्को व्यावसायिक उत्पादनको सम्भावना

जैतुन (ओलिभ/Olive) को खेती गर्ने तरिका
जैतुन एक सदबहार रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसको हाँगा फकृने खालको हुन्छ तर राम्रो काँटछाँट गरेमा राम्रो रुख बन्छ यसको जरा बलियो हुन्छ र सतहको माटोमा मज्जाले फैलिन्छ । जैतुनको रुखको उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको आयु सरदरमा ५००-१००० बर्षसम्म हुन्छ । यसको फलको तेल स्वास्थ्यको लागी निकै फाईदा जनक मानिन्छ ।
खेती प्रविधि:
नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ । हिँउ धेरै पर्ने ठाउँमा यसको खेती राम्रो हुँदैन । घाम लाग्ने, मलिलो माटो, चिस्यान बढी भएको र सिंचाई प्रसस्त भएको ठाउँमा जैतुनको खेती राम्रो हुन्छ ।
जैतुन लगाउँदा मिटरको दुरिमा विरुवा रोप्नुपर्छ । १ रोपनी मा १०-१५ बिरुवा लगाउन सकिन्छ , जैतुन खेतिको लागी माटोको PH लेभल ५ – ८.५ राम्रो हुन्छ । जैतुनले रोपेको ३ देखी १२ बर्षमा जात हेरी फल दिन्छ । Arbequina, Koroneliki जात ले ३ बर्षमा फल दिन थाल्छ । बिभिन्न जातका जैतुन लगाएमा परागसेचन (Pollination) मा मद्दत पुगी धेरै फल्छ ।एउटा बयस्क जैतुनको रुखमा २०० देखी ५०० किलो जैतुन फल्छ ।३ देखी ५ केजी जैतुनबाट १ लिटर ओलिभको तेल निकाल्न सकिन्छ । ( राम्रो ब्रान्ड हरुले १५ केजिबाट १ लिटर तेल पनि निकाल्छ्न )
नेपालमा जंगली जैतुनहरु पाइन्छ । (Olea Cuspridate डोल्पा, रुकुम, हुम्ला, बाजुरा Olea Glandulifera बजाङं) जर्मनिका ब्यबसायी हार्ट मुर्ड बौडरले मकवनपुरको चित्लाङमा जैतुन खेती ब्यबसायिक रुपमा गरेर उत्पादन लिईसकेका छन । अन्य ठाउमा पनि यसको खेती हुँदै छ (कालिकोट , भोजपुर , बाजुरा)
बजार :
बिश्व बजारमा जैतुनको माग अत्याधिक छ । नेपाली बजारमा जैतुनको तेल २५०० देखी ३००० सम्ममा बिक्री हुन्छ । साथै यसको हरियोमै अचार बनाएर पनि बेच्न सकिन्छ । एउटा बोट ५०० देखी १००० बर्ष बाच्ने हुँदा पुस्तौं पुस्तासम्म जैतुनको खेती राम्रो आम्दानिको श्रोत बन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal