eNepal

मेल्बर्नमा बिधार्थीहरुलाई निशुल्क वेटर, कफी बनाउने र पिज्जा बनाउने तालीम दिइने

कोभीड १९ ले लगभग विश्वनै ठप्प जस्तै बनेको छ। यो बिसम् परिस्थितीमा उच्च शिक्षा अध्ययन गर्न मेल्बर्न आएका नेपाली भाईबहिनीहरु झनै ठुलो मार्कामा परेका छन्।बिधार्थी भाईबहिनीहरुको कामको पहिलो प्राथमिकतामा रहेको हस्पिटालीटी क्षेत्र कोरोनाले झन् ठुलो मारमा परेको व्यबसायमा पर्छ। काम पाउनु त परैको कुरा, काम भई रहेकाहरुको पनि काम फुत्किएर, सिफ्ट घटेर तनाबबाट गुज्रीरहेको अवस्था छ। 

कोभीड १९ पछि आउने नयाँ बिधार्थी भाईबहिनीहरुले काम पाउने समस्या एकातिर छ भने हातमा शिप नहुँदा पाएको काम पनि फुत्किने प्रबल सम्भावना रहेको छ। कामका अवसर थोरै तर काम खोज्नेहरु धेरै रहेको बेला प्रतिस्पर्धा पनि उत्तीकै मात्रामा बढी देखिन्छ। 

यस्ता यावत कुरालाई ध्यानमा राखी सल्भ एजुकेसन मेल्बर्नले अव चाँडैनै निशुल्क पिज्जा बनाउने तालीमका साथसाथै निशुल्क कफी, वेटर र वेट्रेसको तालीम दिने भएको छ। अनुभवी ट्रेनरबाट दिईने तालीमलाई बेल स्ट्रिट क्यान्टिनले सहकार्य गर्ने भएको छ।

कोरोना भाईरसको माहामारीको कारण हाल मेल्बर्न तेस्रो चरणको लकडाउनमा रहेको छ। ८ नोभेम्बरमा राज्य सरकारबाट लकडाउनमा खुकुलो हुने जनाईएको छ।८ नोभेम्बरको घोषणासँगै कहिले र कहाँ तालीम सुचारु हुने बारे बृस्तृत जानकारी गराउने सल्भ एजुकेसनमा डाईरेक्टर सुमन अधिकारीले जानकारी गराउनु भएको छ।

यदि तपाईहरु कोही तालीम लिन ईच्छुक हुनुहुन्छ भने तल दिएको फर्ममा आफ्नो बिवरण भरेर सिट सुरक्षीत राख्न सक्नु हुनेछ। साथै पोस्टरमा दिइएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdMHvItIXSTSLyTgzrEUetzsUR7MrxMxevHcuBqpCB1IOWfOA/viewform

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal