eNepal

अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदै

काठमाडौं- अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।निर्वाचनमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहेका छन् भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् । चुनावी नतिजा फेरबदल गर्नसक्ने एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, पेन्सलभेनियालगायतका राज्यको मत निर्णायक हुने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एबिसी न्युजले २ दिनअघि गरेको गरेको मत सर्वेक्षणमा वाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको थियो ।

मत सर्वेक्षणलाई मात्र हारजितको आधार भने मान्न सकिँदैन । अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए । अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ । अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन् ।

तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन् । बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन् । तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन् । राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन् । सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal