eNepal

मोभम्बरको अवसर पार्दै पुरुष स्वास्थ्य सम्बन्धी मेल्बर्नमा भर्चुअल बिशेष टक शो हुँदै

नोभेम्बर महिनालाई मोभम्बरका रुपमा पुरुषहरुको महिना भनेर हेर्ने चलन धेरै पहिला देखी शुरु भएको हो। मोभम्बरको अबसर पारेर  पुरुषहरूको स्वास्थ्यलाई पनि ध्यान दिउँ है भन्दै अष्ट्रेलिया लगायत बिश्वका कतिपय देशहरुमा पुरुषहरुको स्वास्थ्यको बारे चेतना जगाउन बिभिन्न कार्यक्रम गरिन्छ।

यसै परिप्रेक्षमा ShinyMind Australia ले पुरुषहरुको स्वास्थ्य बारे एक छलफल कार्यक्रम लिएर आएको छ । स्वास्थ्य लगायत अन्य बिषयहरुमा सामाजिक चेतना र अनुसन्धानको उद्देश्यले गठन भएको गैर नाफामूलक संस्था ShinyMind Australia को यो पहिलो कार्यक्रम आगामी शनीबार ७ नोभेम्बरका दिन दिउँसो १ बजेबाट २ बजे सम्म मेल्बर्न चौतारी र ईनेपाल टिभी एचडीको औपचारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुँदैछ। 

यस भर्चुअल टक सोका अतिथीहरुमा मनोचिकित्सक डा. अनुपम पोखरेल, बिशेषज्ञ चिकित्सक डा. महेश ढकाल र खेलकुद प्रेमी तारा गैरे हुनु हुनेछ भने सहजकर्ताको भुमीका डा. तिलक पोखरेलले गर्दै हुनुहुन्छ। डा. महेश ढकाल तस्मानियामा कार्यरत हुनुहुन्क्छ बन्ने बाँकी अतिथीहरु भिक्टोरिया निवासी हुनुहुन्छ ।

मोभम्बर फाउण्डेसनको तथ्याङ्क अनुसार  पुरुषहरूले सामना गर्ने तीनवटा सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरूमा मानसिक स्वास्थ्य र त्यसबाट सृजित आत्महत्या, प्रोस्टेट क्यान्सर र टेस्टिकुलर क्यान्सर रहेका छन्। यि मध्य पनि आधा पुरुषको निधन प्रोस्टेट क्यान्सर र टेस्टिकुलर क्यान्सरबाट हुने गरेको छ। स्मरण रहोस् विश्वव्यापी रूपमा पुरूषहरु महिलाको तुलनामा औसत छ वर्ष पहिले मर्छन् र मृत्युको कारणहरू भने माथि उल्लेखित समस्याहरुनै हुन् जुन बिकराल रूपमा रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal