अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपलिज एसोसीयसन अफ भिक्टोरियाको आयोजनामा गत अक्टूबर ३१ (२०७७ साल कार्तिक १५ गते) शनिबारका दिन खाद्य स्वच्छता र पोषण स्वास्थ्य सम्बन्धी एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा खाद्य बैज्ञानिकहरू डा. एकिन्द्र तिमिल्सेना, डा. फिलिप बट्टन, डा. बेद खतिवडा र श्रुति शर्माले भोजन र पोषणका बिविध पक्षमा प्रस्तुति दिनु भएको थियो । सो कार्यक्रममा वर्तमान अवस्थामा बिकराल रूप लिएको कोविड महामारीको बेलामा खाद्यपदार्थ किनमेल गर्दा अपनाउनुपर्ने साबधानीको बारेमा पनि प्रस्तोता डा. फिलिप बट्टनले जानकारी दिनु भयो ।
कार्यक्रमको संयोजन न्याभका बर्तमान कोषाध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गर्नु भएको थियो भने सह संयोजन ललिशा थापाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरू तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै न्याभले अति कमज़ोर जनसंख्यालाई मध्येनज़र गर्दै खानेकुराहरू पनि बितरण गरिरहेको न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिनुभयो । सो कार्यक्रमको लागि भिक्टोरीयन मल्टिकल्चरल कमिसनबाट सहयोग पनि प्राप्त भएको थियो । न्याभकी कार्यसमिति सदस्य ललिशा थापाद्वारा कार्यक्रममा उपस्थित सहभागी र प्रस्तोता बिज्ञहरूलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।
स्वच्छ र सुरक्षित खाना र पोषणयुक्त आहारले शरीरलाई तंदुरुश्त राख्ने मात्र नभई बिभिन्न रोगबाट हुनसक्ने सम्भाबित संक्रमणबाट पनि बचाउने भएकोले यस महामारीको घडिमा यस्तो कार्यक्रमबाट जनस्वस्थमा सुधार हुने कुरामा दुई मत छैन । अब दोश्रो सेसन नोवेम्बर २१ मा हुनेछ ।
यस कार्यक्रमको प्रत्यक्ष प्रसारणको भिडीयो हेर्न तलको लिङ्मा क्लिक गर्नु होला।
https://www.facebook.com/enepal.net.au/videos/353497519055862/?vh=e&d=n

