eNepal

आइपीएल चलिरहेको बेला आईसीसी राख्यो नेपालको क्रीकेट खेलिरहेको मनमोहक तस्बिर

काठमाडौं -अहिले क्रीकेट महासग्राम पर्व आइपिएल चलिरहेको छ । यसै बिच अहिले बढी जानकारी आइपिएल समाचार र पिचक्चर दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी )  नेपालमा बालबालिकाहरुले क्रिकेट खेल्दै गरेको फोटो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेको छ। आईसीसीले विश्वभर बिभिन्न देश र भूभागमा क्रिकेट खेलिरहेको तस्विर नियमित रुपमा आफ्नो सामाजिक संजाल ह्याण्डलमा राख्ने गरेको छ जसमा नेपालको फोटो पनि प्राथमिकतामा पर्ने गरेको छ। त्यसै शिलशिलामा पुनः क्रिकेटको सर्वोच्च संस्थाले पुनः नेपालको फोटो राखेको हो। यस्ले पनि बताउँछ कि नेपाललाई आइसिसीले कति महत्त्वका साथ हेरेको छ ।

आज बिहिबार बेलुका सार्वजनिक गरेको फोटोमा बालबालिकाहरु पहाडी भेगमा  क्रिकेट खेलीरहेका छन्। फोटोको रोचक पक्ष के छ भने उनीहरुले स्टम्पको रुपमा डोकोको प्रयोग गरिरहेका छन्। पृष्टभूमिले फोटो पहाडी भेगको गाउँको भन्ने प्रस्ट देखिन्छ। फोटो स्याङ्जामा खिचिएको हो। बिश्वास भट्टराईले खिचेको फोटोमा आईसीसीले ‘फाइन लेगको, राम्रो दृश्य’ ‘A fine view at fine leg भन्दै क्यापसन लेखेको छ।

यो फोटोले जनाउछ कि नेपालको हरेक भुभागमा क्रीकेट प्रती कति लगाव छ भन्ने बुझिन्छ। यसरी नेपालको बारेमा सकारात्मक हुनुले नेपाललाई आइसिसीले कति प्राथमिकता राखेको छ बुझन सकिन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal