eNepal

नव रात्री भरी एएनएमसीले भर्चुअल प्रविधीबाट सामूहिक दुर्गा पूजा गर्दै

हाल बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भिक्टोरीया राज्यले एक अर्कासंग भेटघाट कम गर्न  र सामाजिक दुरी कायम राख्न प्रोत्साहन गरिरहेको अवस्थालाई मध्य नजर लगाउँदै अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्रले न्याभ र एनआरएनएको सँयुक्त प्रयासमा अक्टोवर २० देखि अक्टोवर २६ सम्म नव रात्री भरी भर्चुअल माध्यम जुम प्रविधीबाट हरेक दिन बिहान र साँझ पूजा र आरतीको कार्यक्रम आयोजना गरि रहेको छ।

अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्रले बिगतका बर्षहरुमा सामुहिक जमरा राख्ने र सुमुदाएलाई बितरण गर्दै आएता पनि यो बर्ष भने कोरोना महामारीको कारण सामुहिक जमरा राख्ने काम र बितरण सम्भव नभएकोले एएनएमसीले न्याभ र एनआरएनएको सहकार्यमा जूम प्रविधीबाट पण्डितहरुको उपस्थितीमा आरतीको कार्यक्रम गर्दै आएको छ।

प्रात:कालिन पूजा, आराधना र आरतीको लागि अक्टोवर २० देखि अक्टोवर २६ सम्म बिहान ७:३०बजे हुँदैछ भने दिनांङ्कको पूजा, आराधना र आरती अक्टोबर २०, २१, २२, २३, २४, २५ र २६ आश्वीन शुक्ल चौथी देखि दशमी सम्म हुनेछ। अनुष्ठान (आरती र पूजापाठ) बिहान ठिक ८:०० बजे शुरु हुनेछ तर दशमीको दिन ७:३० बजे शुरु हुने छ।

त्यस्तै अक्टोवर २० देखि अक्टोवर २५ सम्मसंयम कालिन पूजा, आराधना र आरतीको कार्यक्रम पनि भई रहेको छ। 

बिहानको लिंक

~ अक्टोवर २० देखि अक्टोवर २६ सम्म
प्रात:कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~

सामूहिक दुर्गा पूजा तथा जमरा आरती कार्यक्रम

? दिनांङ्क: अक्टोबर २०, २१, २२, २३, २४, २५ र २६ (आश्वीन शुक्ल चौथी देखि दशमी सम्म)
? समय: क्यानबेरा, मेलवर्न, सिडनी समय – आउनुहोस् बिहान ७:३०बजे देखि जोडिनुहोस्, समुदायका साथीभाईहरु सँग कुराकानी गर्नुहोस् ।
अनुष्ठान (आरती र पूजापाठ) बिहान ठिक ८:०० बजे शुरु हुनेछ तर दशमीको दिन ७:३० बजे शुरु हुने छ !

Join Zoom Meeting
https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09

Meeting ID: 849 3023 2211
Passcode: 072975

?साँझको लिंक?

~ अक्टोवर २० देखि अक्टोवर २५ सम्म
संयम कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~

Join Zoom Meeting
https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09

Meeting ID: 849 3023 2211
Passcode: 072975

साथै हरेक दिनको अपडेटको लागि तलको लिङ्मा हेर्न सक्नु हुनेछ

https://www.facebook.com/NepaliCommunityCentre/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal