जस बटलरको उत्कृष्ट ब्याटिङमा चेन्नई सुपर किङ्सलाई सात विकेटको सहज नतिजामा हराउँदै राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग आइपिएलमा चौथो जित निकाल्न सफल भएको छ।
पहिले ब्याटिङ गरेको चेन्नईले संघर्ष गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १२५ रनको योगफल बनायो। कुनैपनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन भने ठुलो साझेदारी पनि बन्न नसक्दा चेन्नईले सामान्य योगफल बनायो। रबिन्द्र जडेजाले सर्वाधिक अविजित ३५ रन बनाउदा महेन्द्र सिंह धोनीले २५ रन बनाए। बलिङमा जोफ्रा आर्चर,राहुल टेवाटिया, कार्तिक त्यागी र श्रेयश गोपालले एक एक विकेट लिए।
जवाफमा १२६ रनको विजय लक्ष्य राजस्थानले १७ दशमलव ३ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्यो। बेन स्टोक्स १९, रोबिन उथापा ४ र सन्जु सामसन डल आउट हुदा राजस्थानले मात्र २८ रन बनाएको थियो। सुरूवात राम्रो गर्न नसकेपनि जस बटलर र स्टेभन स्मिथले चौथो विकेटकोलागि अविजित ९८ रनको साझेदारी गर्दै जिततर्फ डोराए। बटलरले अविजित ७० रनको पारी खेले। उनले ४८ बलको सामना गरी ७ चौका र २ छक्काको मद्दतले अविजित ७० रन बनाए। स्टेभन स्मिथ
अविजित २६ रनमा रहे।
सहजै सात विकेटको जितमा राजस्थानले ८ झंक बनाएको छ। चेन्नईको भने यो सातौ हार हो र ६ झंक सहित लिगको पुछारमा रहेको छ।

