eNepal

दिनेश कार्तिकले कोलकत्ता किङ्ग्स राइडर्सको कप्तानी छाडे

काठमाडौं -दिनेश कार्तिकले कोलकत्ता किङ्ग्स राइडर्सको कप्तानी छाडेका छन् । इयान मोर्गान नयाँ कप्तान भएका छन् ।

साविक विजेता मुम्बई इण्डियन्ससँग खेल्नु केही घण्टा अगाडि कोलकत्ताले कप्तान परिर्वतन गरेको हो ।

युएईमा भइरहेको आईपीएलमा चार खेल जितेको कोलकाताले तीन खेल गुमाएको छ र अंक तालिकाको चौथो स्थानमा छ ।

सात खेलमा कार्तिक व्याटिङमा संघर्षरत छन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले ७ खेलमा १०८ रन बनाएका छन्, जसमध्ये सबैभन्दा धेरै ५८ छ ।

कार्तिकलाई ब्याटिङमा केन्द्रित गराउन टिमको नेतृत्वमा परिवर्तन गरिएको फ्रेन्चाइज टिम कोलकाताले बताएको छ । टिमका प्रमुख कार्यकारीका अनुसार यो निर्णय कार्तिकको आफ्नो हो, जसबाट उनी समेत आश्चर्यमा परेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal