विगत ६/ ७ बर्षदेखि अस्ट्रेलीया नेप्लिज पब्लिक लिङक (एएनपीएलले) अष्ट्रेलियामा रहेका नेपाली समुदायहरु बिच मानसिक स्वास्थ्य कार्यक्रम गर्दै आएको छ। यो बर्ष पनि एएनपिएलले कोरोना महामारी अनि भिक्टोरीयामा चौथो चरण लकडाउनको समयलाई मध्यनजर गर्दै गएको १० अक्टुबरमा भर्चुअल माध्यमबाट अन्तररास्ट्रिय मानसिक स्वास्थ्य दिवश एक बिशेष कार्यक्रम आयोजना गर्दै मनाएको छ।
दुई चरणमा बाँडिएको सो कार्यक्रमको पहिलो चरणमा विश्व मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टीकोणको बारे एएनपिएलका अध्यक्ष निराजन गौलीले जानकारी गराउनु भएको थियो। हाम्रो नेपाली समाज र विश्वमा मानसिक स्वास्थ्य समस्याहरूको व्यापकताबारे बर्तमान अवस्था र तथ्याङ्क सहितको रिपोर्ट बुझाउनु भएको थियो जुन आश्चर्यको थियो। उक्त कार्यक्रमको दौरान गौलीले नेपाल र विश्वभरमा उच्च आत्महत्या दर सम्बन्धित प्रमुख बुँदाहरू साझा पार्नु भयो।विकसित देशहरूको तथ्याङ्कको तुलनामा नेपाली महिलाले उच्च अनुपात आत्महत्या गर्ने पनि प्रकाश पार्नु भएको थियो ।
दोश्रो चरणमा संस्थापक अध्यक्ष तथा मानसिक स्वास्थ्य सम्बन्धि प्राथमिक उपचारका प्रशिक्षक भरत नेपालको स्वागत मन्तव्यबाट शुरु भएको थियो।
भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहाल,मुख्य वक्ताको रुपमा प्रोफेसर एनिथोनी जोर्म, नेपाल राजदूतावास क्यान्बेराकी उपनियोग प्रमुख दुरपदा सापकोटा, नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जन, न्युसाउथवेल्सका लागि अबैतानीक राजदुत दिपक खड्का, साउथ अस्ट्रेलीयाका लागि अबैतानीक राजदुत दिपक धमला, एनआरएनए अस्ट्रेलीयाका अध्यक्ष केशव कन्डेल, अस्ट्रेलीयन नेप्लिज मेडीकल एण्ड डेन्टल एसोसियसनका अध्यक्ष डा. चन्द्र दिपक पोखरेल, फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अस्ट्रेलीयाका महासचिव डा. कृष्ण हमाल, अस्ट्रेलीयन नेप्लिज मेडीकल एण्ड डेन्टल एसोसियसनका महासचिव डा. कुश कुमार श्रेष्ठ, अस्ट्रेलीयन नेप्लिज मेडीकल एण्ड डेन्टल एसोसियसनकी प्रमुख कार्यकारी अधिकृत पुनम पन्तले सहभागीता जनाउनु भएको थियो।
कार्यक्रमका मुख्य अतिथि रहेका अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहालले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरू मा बढ्दै गएको चिन्ता, उदासीनता र मनोवैज्ञानिकताको भावनाहरूलाई जोड दिनु भएको थियो। उहाँले नेपाली समुदाय र खासगरी विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि सचेतना तथा सहयोग आवश्यक रहेको भन्दै फलदायक कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गर्नुभयो।
प्रोफेसर एन्थनी जोर्मले मानसिक स्वास्थ्य सम्बन्धि यथार्थ जानकारीहरु प्रदान गर्नुभएको थियो। जसले गर्दा सहभागीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि फैलिएका भ्रमहरु चिर्न सहयोग पुग्यो। यसका साथै उहाँले मानसिक स्वास्थ्यको आवश्यकताको बारेमा पनि प्रकाश पार्नुभएको थियो। अस्ट्रेलियामा पाँच मध्ये एक वयस्कले कुनै पनि बर्षमा मानसिक रोगको कुनै न कुनै प्रकारको अनुभव गर्दछ, र त्यो डाटा महामारीको अघि हो। उनले मानसिक स्वास्थ्यको महत्त्वमा जोड दिदै भने अगस्टदेखि मानसिक बिरामीको घटना बढेको छ”। प्रोफेसर जोर्मले आफ्नो अनुभव बाँड्न पाएकोमा सम्मानित भएको बताउँदै एएनपीएलले नेपाली समुदायमा मानसिक रोगको घटनाको आकलन गरिरहेको बताउनुभयो।
भिक्टोरियाका लागि अबैतानिक राजदुत चन्द्र योन्जनले नेपाली समुदायका लागि आवश्यक पर्ने कार्यक्रमहरू एएनपीएलले आयोजना गरेकोमा धन्यवाद दिदै समाजलाई यस्ता उपयोगी रकाम गर्न जारी राख्न प्रोत्साहित गर्नु भयो।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कार्यक्रम मार्फत आफूलाई थाहा नभएका मानसिक स्वास्थ्य सम्बन्धि धेरै कुराहरु र वर्तमान तथ्यांकहरु जान्ने मौका पाएको बताउंदै एएनपीएलले अष्ट्रेलियामा मानसिक स्वास्थ्यमा गरेको कामको सराहना गर्दै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिदै काम गर्ने इच्छा व्यक्त गर्नु भयो।
अष्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेन्टल एसोसिएसनका अध्यक्ष डा चन्द्र दीपक पोखरेलले मानसिक स्वास्थ्य सम्बन्धि सहयोगका आफ्ना अनुभवहरु बताउनु भएको थियो भने अष्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेन्टल एसोसिएसनकी सीइओ पुनम पन्तले समुदायका सदस्य एवम् समुदायका अगुवाहरुले मानसिक स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार जान्नैपर्ने र यसले गर्दा समुदायका अन्य व्यक्तिलाई सहयोग गर्न सहज तथा प्रभावकारी हुने बताउनुभयो।
एनएसडब्ल्यूका लागि महावाणिज्य राजदूत दीपक खड्काले मानसिक स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नु आवश्यक रहेको जानकारी गराउँदै एएनपीएलले आयोजना गरेका धेरै कार्यक्रमहरूमा भाग लिएको र यस्ता कार्यक्रमहरु निरन्तर गर्नु पर्नेमा जोड दिनु भयो।
साउथ अस्ट्रेलीयाका लागि महावाणिजय दूत दिपक धमलाले यस्ता कार्यक्रमहरु नेपाली समुदायका लागि अति आबस्यक रहेको र यसले निरन्तरता पाउने आशा व्यक्त गरे।
मानसिक स्वास्थको बिभीन्न मुद्धा अनि परिवेशले निम्ताएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिएको छ। । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गर्ने गरेको छ।
एएनपीएलले गएको शनीबार आयोजना गरेको कार्यक्रमको प्रत्यक्ष भिडीयो हेर्न तलको लिङ्कमा हेर्न सक्नु हुनेछ⬇️⬇️

