eNepal

इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थान, संरक्षण तथा प्रवर्द्धन गर्ने, नेपाली कलाकारहरुको प्रतिभाको कदर गर्दै विश्वव्यापी रुपमा परिचित गराउने, नेपाली चलचित्र क्षेत्रको सम्मान र प्रवर्द्धनमा मद्दत गर्ने एउटा निश्चित उद्देश्य, दृढ संकल्प र अठोटका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास ग्लोबलले) आयोजना गरेको अनि ईनास डेन्मार्क सम्योजक रहेको ईनास गलोबल अनलाईन गायन तथा नृत्य प्रतीयोगीताको अन्तीम नतीजा प्रकाशीत भएको छ।

महादेशीय चरण अन्तर्गतको अडिसन चरण र  क्वाटरफाइनल तथा  ग्लोबल चरण अन्तर्गत सेमी फाइनल पार गरेर उत्कृष्ट दश हुँदै फाइनल चरण भएको थियो ।

गायन तर्फ डेन्मार्कका राजेश लामा पहिलो, नेपालकी शान्ती राई दोश्रो अनि चेक रिपव्लिकका डा. विजय गुरुङ तृतीय भएका छन् भने डेनमार्कका विमल गुरुङ चौथो अनि अस्ट्रेलीयाका टिकाराम शर्मा पाँचौ स्थान पर्न सफल भएका छन्।

त्यस्तै नृत्य तर्फ नेपालका पूर्ण लामा प्रथम, नेपालकै शेखर घर्ती दोश्रो अनि तेस्रो पनि नेपालबाटनै रबिता मगर छानिएका छन्।

गायन तर्फ निर्णायकहरुमा बरिष्ठ गायिका द्वय मिरा राणा र सर्मिला बर्देवा अनि बरिष्ठ गायक मधु क्षेत्री रहनु भएको थियो। नृत्य तर्फ निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशक राजु शाह, कविराज गहतराज र नविन केशी रहनु भएको थियो।सामाजिक सन्जाल फेशबुकको लाईकबाट २० प्रतिशत अनि निर्णायकहरुको ८० प्रतिशत मतको आधारमा सो नतिजा निकालिएको थियो।

विजेता कलाकारहरुले प्राप्त गर्नुहुने नगद रकम र डिजिटल प्रमाण पत्र नतिजा प्रकाशित भएको दश दिनभित्र उपलब्ध गराइने छ भने ओरिजनल प्रमाणपत्र तथा ट्रफि भने एक कार्यक्रमका बीच प्रदान गरिने जनाईएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal